क्रसर बन्द, निकासी धमाधम

  • ख-
  • ख+

दमौलीः अवैध भन्दै जिल्ला समन्वय समितिको पत्राचारले बन्द भएको भनिएको बन्दीपुर ६ सराङघाटको नमूना ग्रीड एण्ड क्रसर उद्योगबाट अझै पनि गिटी बालुवा निकासी भैरहेको खुलेको छ ।


तनहुँ प्रहरीले सो क्रसरबाट गिटी बालुवा लोड गर्दै गरेका सातवटा टिपरलाई नियन्त्रणमा लिएको छ । आवश्यक मापदण्ड पुरा नभएको भन्दै दुई महिना अघि क्रसर बन्द गर्न जिल्ला समन्वय समितिले बन्दीपुर गाउँपालिकामा पत्राचार गरेको थियो ।


प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाका अनुसार क्रसरबाट गिटी बालुवा लोड गर्दै गरेका ग १ ख ७९९७, बा ए.इ.– १००६ ख १९८४, बा ए.इ.– १००६ ख १९८३, ग १ ख ८७५४, ग १ ख ८२०९, बा ए.इ.– १००६ ख १९८२ र बा ए.इ.– १००६ ख १९७९ नं. का टिपर नियन्त्रणमा लिइएको हो ।
बन्दीपुर गाउँपालिकाले प्रति टिपर १२ हजारका दरले ती टिपरबाट ८४ हजार रुपैयाँ जरिवाना संकलन गरेको छ ।

यसैगरी, तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. २ साँखरस्थितमा सार्वजनिक ठाउँबाट अवैध रूपमा बालुवा उत्खनन् गरि लोड लिई हिडेको अवस्थमा ग १ ख ८५६५ न. को टिप्पर र ग १ त २७२७ नं. को ट्याक्टरलाई ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई शुक्लागण्डकी नगरपालिकाको कार्यालय तनहुँमा बुझाएकोमा चौबिस हजार रुपैयाँ जरिवाना भएको छ ।


आँबुखैरेनीमा २ एक्साभेटर नियन्त्रणमा
यता, तनहुँ आबुँखैरेनी गाउँपालिका वडा नं ३ स्थित मर्स्याङदी नदीको कुडुले घाटमा बालुवा उत्खनन गरी रहेको अवस्थामा ग २ क ४३५३ नं को जेसिबी र आबुँखैरेनी गाउँपालिका वडा नं २ स्थित मर्स्याङदी नदिको ढापटार घाटमा बालुवा उत्खनन गरी रहेको अवस्थामा नं. नखुलेको एक्साभेटर समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुबाट नगद २० हजारका दरले ४० हजार रुपैयाँ जरिवाना आँबुखैरेनी गाउँपालिकाले संकलन गरेको छ ।
अवैध उत्खनन् बढिरहेको गुनासो सुनिएका बेला प्रहरीले एकैसाथ ती सवारी साधनमाथि कारवाही गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी