भिमाद जनप्रतिनिधि हातपात प्रकरण: खास के भएको थियो

  • ख-
  • ख+

दमौली: सेवाग्राहीसँग हातपात भएको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि भिमाद ८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठले आफूमाथि हातपात भए पछि प्रतिवाद गरेको प्रतिक्रिया दिएका छन् ।

हकवालाको सिफारिस लिन पुगेका सोही वडाका चिरञ्जीवी खनालमाथि हातपात गरेको आरोप श्रेष्ठमाथि लागेको छ । तस्बिरमा श्रेष्ठले हातले प्रहार गरेको र ढुङ्गा खोजेको देखिन्छ । तर आफूमाथि खनालले हात हाले पछि रोकेको र ढुङ्गा लिएर आए पछि आफूले प्रतिरक्षा गर्न खोजेको जिकिर श्रेष्ठको छ ।

‘ ममाथि हातपात भए पछि प्रतिरक्षा गरेको हुँ, ‘ उनले भने । घटनाको कारण एकल महिलाको घरखनाल आफ्नी सानीआमाको निधन भए पछि हकवालाको सिफारिस लिन गएका थिए । अनुगमनमा निस्केका श्रेष्ठ भएको ठाउँमा सिफारिस लिन जाँदा श्रेष्ठले खनालले दावी गरेको जग्गामा एक असहाय महिलाको घर रहेको भन्दै सिफारिस दिन मानेनन् ।

त्यस पछि खनालले कारण माग्दै सिफारिस शुल्क फिर्ता मागे । अनि वादविवाद हात हालाहाल हुने अवस्थामा पुग्यो । एक अर्कामाथि आरोप प्रत्यारोपखनाल आफूमाथि अध्यक्ष श्रेष्ठले पहिले हात हालेको अनि प्रतिवाद गरेको बताउँछन्।

‘ मैले हात पहिले हालेको आरोप गलत छ, ‘ उनले भने, ‘ शुल्क बुझाएर आए पछि सिफारिस दिनुपर्नमा नभए पछि मैले उसो भए पैसा फिर्ता दिनुस् भनें तर उहाँले हात हाल्नु भयो ।’ अध्यक्ष श्रेष्ठले घटना नियोजित रहेको र आफ्नो दोष देखाउने गरी मात्र तस्बिर आएको दावी गरे । ‘ एक पक्षीय तस्बिर आएको छ, ‘ उनले भने,’ कोही नभएको अशक्त महिलालाई बेघर हुन नदिँदा यस्तो भयो ।’

खनाल भने त्यस विषयमा छलफल गर्न तयार रहेको भए पनि वडाध्यक्षले बाँकी सिफारिस नदिएको बताउँछन् ।

प्रहरीमा उजुरी

खनालले आफूमाथि आक्रमण भएको भन्दै वडाध्यक्ष श्रेष्ठलाई कारवाही माग्दै ईलाका प्रहरी कार्यालय भिमाद मा उजुरी दिएका छन्। ‘ छल्फल गराइदिन उजुरी आएको छ,’ ईलाका प्रहरी प्रमुख सन्तोष सदाशंकरले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्