म्याग्दे : प्रथम अध्यक्ष कप तथा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता महिला भलिबलको फाइनलमा म्याग्दे गाउँपालिका वडा नँ २ र ५ पुगेको छ । साेमबार म्याग्देकाे आदर्श नमुना युवा क्लव मनहरीमा भएको सेमिफाइनल खेलमा म्याग्दे गाउँपालिका वडा नं २ ले वडा नँ ६ लाई र वडा नँ ५ ले वडा नँ ३ लाई पराजित गरि फाइनलमा प्रवेश गरेको हाे ।
यस्तै वडा स्तरीय पुरूष भलिबल प्रतियोगिताकाे फाइनलमा वडा नँ ५ र वडा नँ ७ प्रवेश गरेका छन् । वडा नँ ५ ले वडा नँ ३ लाई र वडा नँ ७ ले वडा नँ ६ लाई पराजित गरि फाइनल प्रवेश गरेको खेल संयाेजक श्रीराम खनालले बताए । दुबै फाइनल खेल बुधबार सम्पन्न हुने र बिजेताहरू लाई बिहिबार पुरस्कार प्रदान गरिने खनालले बताए । यसअघि भलिबल प्रतियोगिताकाे म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले उद्घाटन गरेकि थिइन् ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो । स्वास्थ्यकाे लागि खेलकुद , राष्ट्रकाे लागि खेलकुद ” भन्ने मुल नाराका साथ म्याग्देमा भएको कार्यक्रमकाे जनप्रतिनिधि कर्मचारी मैत्रीपूर्ण फुटबल , वडास्तरिय फुटबल , खुल्ला भलिबल , माध्यमिक बिद्यालय स्तरीय छात्रछात्रा खेल अायाेजना गरिएको थियो ।