तनहुँका ५ जनामा कोरोना संक्रमण देखियो

  • ख-
  • ख+

दमौली : तनहुँको सुक्लागण्डकी नगरपालिका २ का एक जना महिला तथा वडा नं ५ का १ पुरूष र एक महिलामा नयाँ संक्रमण भेटिएका देखिएको छ । त्यसैगरी घीरिङ गाउँपालिका १ र ३ का एक एक पुरुषहरूमा संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले अध्यावधिक गरेको विवरण अनुसार गण्डकी प्रदेशमा सोमबार कास्कीमा २८ , तनहुँमा ५ , पर्वतका २, म्याग्दीका २, गोर्खाका र बागलुङका १ गरी कुल ३८ जनामा संक्रमण पुष्टि भएको पुगेको छ | लाईफ केयर डायग्नोस्टिक प्रा. ली. पोखरामा गरिएको परिक्षणमा उनीहरूमा संक्रमण भेटिएको स्वास्थ निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्