म्याग्दे राष्ट्रपति रनिङ शिल्डको उपाधि राधा माविको पोल्टामा

  • ख-
  • ख+

दमौली: म्याग्दे गाउँपालिका माध्यमिक विद्यालय छात्र छात्रा स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएकाे छ। बैशाख ३ गते देखि ५ गते सम्म सञ्चालन भएकाे उक्त प्रतियोगितामा राधा मा.वि. जामुनेले १२ स्वर्ण , ७ रजत र ४ कास्य सहित प्रथम भएको छ । यस्तै गणपति मा.वि. धयेंरे ६ स्वर्ण , ३ रजत र ७ कास्य सहित दाेस्राे भएको छ भने मिन मा.वि. थर्पु ५ स्वर्ण , ६ रजत र १० कास्य सहित तेस्रो भएको छ । म्याग्दे गा.पा. अन्तर्गतका ७ वटा माध्यमिक विद्यालय सहभागी भएको उक्त प्रतियोगिताका बिजेताहरू लाई पुरस्कार, सम्मान पत्र र मेडल लाेकतन्त्र दिवसकाे अवसर पारेर बैशाख ११ गते वितरण गरिने शिक्षा शाखाका महेश भट्टराईले बताए । प्रतियाेगितामा कराँते, कबड्डी, भलिबल, १०० मी. दाैड, २००मी दाैड, ४०० मी दाैड, ८००मी दाैड, १५०० मी दाैड, हाई जम्प, लङ जम्प, त्रिपल जम्प, ज्याभलिङ थ्राे लगायतका खेल समावेश गरिएको भट्टराईले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी