म्याग्देका महिलालाई नेतृत्व विकास तालिम

  • ख-
  • ख+

म्याग्दे गाउँपालिकाकाे आयोजनामा वैशाख ५ गतेदेखि ७ गतेसम्म नेतृत्व विकास तालिम सञ्चालन भएको छ । कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले उद्घाटन गरे । तालिमको उद्घाटन गर्दै घिमिरेले ‘तालिम सिकेपछि घरमा फर्केर गएर यत्तिकै बस्ने हाेइन , प्रयाेगमा ल्याउने र आ-आफ्नाे समुहलाई तालिमको बारेमा सिकाउने हाे’, भने । महिला हरू अगाडि उभिएर निर्धक्क सँग बाेल्न , आफ्ना कुराहरू राख्न सक्ने बनाउने लक्ष्य गाउँपालिकाले लिए अनुसार यस किसिमको तालिम आयाेजना गरेको घिमिरेले बताए । हरेक कामलाई अरूको मात्रै मुख ताक्ने हाेइन अाँफैबाट सुरु गर्नुपर्छ अनि मात्रै समाज बन्छ ! घिमिरेले भने । महिलालाई अगाडि बढाउन , सबल र सक्षम बनाउन तालिम आयाेजना भएकोले यसको भरपुर उपयोग गर्न उनले सहभागीहरू लाई सुझाए । तालिमको उद्घाटन कार्यक्रममा वडा नं ४ का अध्यक्ष प्रेमबहादुर थापा , कार्यपालिका सदस्य बद्रीका घिमिरे , आशा गुरूङ , सुस्मिता किसान , धनमाया आले लगायतले शुभकामना मन्तब्य राखेका थिए । तालिमको पत्रकार पवन पाैडेलले सहजिकरण गरेका थिए । वडा नं ३ का अध्यक्ष श्रीबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमकाे स्वागत राधा देवी घिमिरेले र सञ्चालन सारदा गैर्हेले गरेकि थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी