तनहुँका एक किशोर, जसको भविष्य हाम्रो एक भोटसँग जोडिएको छ

  • ख-
  • ख+

दमौलीः आजभन्दा करिब १० वर्ष अघि पढ्न दमौली झरेका तत्कालीन गजरकोट डुम्रिबेसीका सुन्दर खनालमा मान्छेलाई हँसाउन सक्ने खुबी थियो । स्कुल पढ्दापढ्दै रेडियोमा कार्यक्रम चलाउन थाल्यो ।


दमौली एफएममा उनले चलाएको कार्यक्रम होलिडे फन मान्छेलाई हँसाउनका लागि लोकप्रिय पनि बनेका थियो । उनमा भएको त्यही खुबी थप निखारिन थाले पछि स्ट्याण्डअप कमेडियनको पहिचान पनि बनेको छ । चर्चित टेलिश्रृंखलामा हास्य भूमिकामा अब्बल खनालले दिएको प्रस्तुतीका आधारमा धेरै मेला महोत्सव र कार्यक्रममा उनको डिमाण्ड पनि बढिरहेको छ ।


टेलिभिजनको चर्चित हास्य शो ‘कमेडी च्याम्पियन’मा सहभागी सुन्दर आफ्नो कौशलका कारण टप टेनमा पुगिसकेका छन् । तर प्रतियोगितामा अघि बढ्नका लागि उनले आगामी राउण्डमा जित्दै जानुपर्ने हुन्छ । सबैले भोटिङ गरिदिएमा सम्भावना बोकेको प्रतिभाका रुपमा अघि बढ्न उनलाई सहज हुने साथी विकास बाँस्तोलाले बताए ।


उनका धेरै सुभेच्छुक सुन्दर अघि बढु्न् र जितुन् भन्ने चाहन्छन् । त्यसैले उनीहरुले सामाजिक सञ्जालमार्फत भोटिङ अभियान पनि चलाइरहेका छन् । शनिबार राती १० बजेबाट मंगलबार राती १२ सम्म चल्ने भोटिङका क्रममा सुन्दरलाई जिताउन प्रभु पे एप डाउनलोड गरेर भोट दिन सक्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी