तनहुँ उद्योग वाणिज्य संघ महाधिवेशन: चुनाव जित्ने दुवैको दावी

  • ख-
  • ख+

दमौली: तनहुँ उद्योग वाणिज्य संघको १६ औं महाधिवेशनमा अध्यक्ष पदका लागि मतदान चलिरहेको छ । विहान सवा ८ बजेबाट शुरु मतदान दिउँसो ४ बजेसम्म चल्ने निर्वाचन संयोजक अधिवक्ता भानुभक्त सुवेदीले जानकारी दिए ।

चुनाव जित्ने आ आफ्नै दावी

यसैबीच, अध्यक्षमा कडा प्रतिश्पर्धा हुने अनुमान चलिरहँदा दुवै प्रत्यासीले आफुले चुनाव जित्ने दावी गरेका छन् । दमौली न्युज संग कुरा गरेका अध्यक्ष प्रत्यासी पबिन्द्रकुमार श्रेष्ठले आफू चुनाव जित्नेमा विश्वस्त रहेको बताए । ‘ मेरो एजेण्डा र मलाई प्राप्त साथले चुनाव जित्ने विश्वास छ,’ उनले भने ।

अर्का प्रत्यासी वैकुण्ठनाथ मिश्रले चुनाव जित्नेमा पूर्ण विश्वस्त रहेको बताए । ‘ अत्यधिक मतले मैले चुनाव जित्छु, ‘ उनले भने,’ मतदाताले मलाई विश्वास दिलाउनु भएको छ ।’

जिल्लाका दमौली सहित आँबुखैरेनी, डुम्रे, थर्पु, विमलनगर तथा सत्रसय बजार एकाइका झण्डै एक हजार नौ सय ५० तथा महिला उद्यमी विकास समितिका चार सय १९ मतदाता सहभागी हुनेछन्। दुवै मतदाताको जित्ने दावीको परीक्षण मतदान सकिए पछि हुने मतगणनाको परिणामले गर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी