अध्यक्षका उम्मेदवारको चुनावी मैझारो

  • ख-
  • ख+

दमौलीः तनहुँ उद्योग वाणिज्य संघको १६ औं महाधिवेशनअन्र्तगत शनिबार हुने मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदैछ । मतदान शुरु हुन केही घण्टा मात्र बाँकी रहँदा अध्यक्षका दुवै उम्मेदवार चुनावी प्रचारको अन्तिम युद्धमा उत्रिएका छन् ।


अन्तिम केही घण्टामा हुने खेलमा हुने सफलता वा असफलताले नै चुनावमा जित हारको निर्धारण हुने भएकाले अध्यक्षका प्रत्यासीद्वय बैकुण्ठनाथ मिश्र र पबिन्द्रकुमार श्रेष्ठ दुवै सावधानीपूर्वकको प्रचार र मत माग्न सक्रिय छन् ।


स्थानीय भएका कारण पनि दमौली बजारका विभिन्न भाग दुवै अध्यक्ष उम्मेदवारका प्रचार सामग्रीले भरिएको छ । आफ्ना पक्षमा मत माग्नका लागि दमौलीका अलावा हाल मतदानमा सहभागी हुने डुम्रे तथा आँबुखैरेनी बजार एकाईलाई दुवै प्रत्यासीले विशेष प्राथमिकतामा पारेर चुनावी अभियान अघि बढाइरहेका छन् ।


दमौलीमा मत बाँडिने अवस्थामा बजार बाहिरबाट ल्याउने मत नै अध्यक्षमा विजयी हुनेका लागि महत्वपूर्ण हुने भएकाले पनि दुवैको उद्देश्य बजारबाहिरको मत तान्ने छ । यसर्थ पनि दुवै उम्मेदवारको अन्तिम कसरत ती महत्वपूर्ण बजार एकाईमा भैरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी