तनहुँ उद्योग वाणिज्य संघ महाधिवेशनः राकु र ओमराजद्वारा उम्मेदवारी फिर्ता

  • ख-
  • ख+

दमौलीः तनहुँ उद्योग वाणिज्य संघको १६ औं महाधिवेशनमा द्वितिय उपाध्यक्ष पदका आकांक्षी राजकुमार श्रेष्ठ राकुले उम्मेदवारी फिर्ता लिएका छन् ।

दमौली बजार एकाईका निवर्तमान सभापति श्रेष्ठले सहमतिका लागि भन्दै उम्मेदवारी फिर्ता लिएको बताए । सो पदमा नेक महमद र सुनिल श्रेष्ठको उम्मेदवारी यो समाचार तयार पार्दासम्म कायमै छ ।


यसैगरी, एसोसिएट सदस्य उम्मेदवार ओमराज श्रेष्ठले समेत उम्मेदवारी फिर्ता लिएका छन् । विहान ११ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तय गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्