तनहुँ उद्योग वाणिज्य महासंघ महाधिवेशनः कोषाध्यक्षमा दिनेशकुमार सर्वसम्मत

  • ख-
  • ख+

दमौलीः तनहुँ उद्योग वाणिज्य संघको कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । १६ औं महाधिवेशनमा कोषाध्यक्षका अर्का प्रत्यासी महेन्द्रकुमार श्रेष्ठले फिर्ता लिए पछि हालका जिल्ला प्रतिनिधि श्रेष्ठ सर्वसम्मत कोषाध्यक्ष चयन भएका हुन् ।

यद्यपि यसको औपचारिक घोषणा भने हुन बाँकी छ । प्रत्यासी एवं हालका कोषाध्यक्ष महेन्द्रकुमारले सहमतिका साथ अघि बढ्न फिर्ता लिएको बताए ।

‘यस अघि मेरो पालामा पनि सहमति भएको हो,’ उनले भने,‘राम्रो मान्छेलाई सघाउने निर्णय गरेको हुँ ।’ संघका अन्य पदमा पनि सर्वसम्मति गराउन पूर्व अध्यक्षहरु लगिरहेको चर्चा छ ।

अध्यक्षसहितका पदमा पनि त्यो प्रयास भैरहेको एक पूर्व अध्यक्षले बताए । ‘सकेसम्म मतदान गर्ने अवस्थामा नपुगौं भनेर लागिरहेका छौं,’ ती अध्यक्षले भने । तर अध्यक्ष पदमा सहमतिको सम्भावना भने निकै कम रहेको जानकार बताउँछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्