गण्डकी प्रदेश सरकारः विपक्षीद्वारा विशेष अधिवेशन माग

  • ख-
  • ख+

दमौलीः प्रदेश प्रमुखद्वारा संसद अधिवेशन अन्त्य गरिए पछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले संसदको विशेष अधिवेशन बोलाउन माग गरेको छ । कांग्रेस संसदीय दलका नेता एवं विपक्षी गठबन्धनका मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिएका उम्मेद्वार कृष्णचन्द्र नेपाली नेतृत्वको टोलीले गण्डकी प्रदेश सभा सचिवालयमा निवेदन दर्ता गरेको हो ।

ने.क.पा. विभाजित भएर नेकपा (एमाले) र ने.क.पा. (माओवादी केन्द्र) बनी सकेपछि संविधानको धारा १८८ (२) अनुसार माननीय पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुपर्नेमा संविधानले तय गरेको एक महिनाको समयसीमा नाघ्दा समेत विश्वासको मत नलिएर संविधानको अवज्ञा गरेको भन्दै पत्रमासरकार असंवैधानिक भनिएको छ ।

उपर्युक्त परिस्थितिमा माननीय पृथ्वीसुब्बा गुरुङको सरकार रहिरहँदा चुनौती र समस्या अझ गम्भीर बन्दै जाने, जनताको अपेक्षा र विश्वास घट्दै जाने अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशको विकास निर्माण र उन्नती कम हुँदै जाने हुँदा प्रदेशले ठुलो क्षति व्योहोर्नुपर्ने चेतावनी दिइएको छ । नेपालको संविधानको धारा १८८ को उपधारा ४ तथा प्रदेशसभा नियमावलीको नियम १४४ को उपनियम १ बमोजिम हामी तपशीलका

गण्डकी प्रदेशसभा सदस्यहरुले माननीय मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि प्रदेशसभाको विश्वास छैन भनि अविश्वासको प्रस्ताव दर्ता गरि सकिएको भन्दै त्यसमाथि छलफल हुन नसक्ने भएकाले विशेष अधिवेशन बोलाउन सांसदहरुले माग गरेका छन् ।

निवेदनमा कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा दलका सांसदको हस्ताक्षर छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी