आदिकवीले पायो दुई सहायक प्रमुख, डा. अधिकारी र पौडेलले कार्यभार सम्हाले

  • ख-
  • ख+

दमौलीः नयाँ वर्ष २०७८ संगै आदिकवि भानुभक्त क्याम्पसले दुई जना सहायक क्याम्पस प्रमुख पाएको छ । सहायक क्याम्पस प्रमुखमा नवनियुक्त डा. राम कुमार अधिकारी र सागर पौडेल विगत एक दशक भन्दा बढी समय देखि क्याम्पसमा प्राध्यापनरत रहेको क्याम्पसले जनाएको छ ।


व्यास–१, विज्ञानचौर टोल निवासी उपप्राध्यापक डा अधिकरी, विगत १४ वर्षदेखि क्याम्पसमा नेपाली विषय प्राध्यापन गर्दै आइरहेका छन् । गत तीन वर्षदेखि उनले नेपाली विभागको प्रमुख पद सम्हाल्दै आएका छन् ।

त्यसैगरी सहायक क्याम्पस प्रमुख पदमा नवनियुक्त व्यास ब्यास–१०, वेलटारीटोल निवासी सागर पौडेल विगत ११ वर्षदेखि अङ्ग्रेजी विषय प्राध्यापन गर्दै आएका छन् ।
पौडेल गत ४ वर्षदेखि अंग्रेजी विभागको प्रमुख पद सम्हाल्दै आएका छन् ।

बुधबार बिहान क्याम्पसमा क्याम्पस सञ्चालक समितिका उपाअध्यक्ष बुद्धिमान श्रेष्ठको सभापतित्वमा आयोजित पदस्थापन समारोहमा विगतमा क्याम्पसको पुस्तकालय प्रमुख पद समेत सम्हालेका राष्ट्रिय सभाका सदस्य सदस्य प्रकाश पन्थ, क्याम्पसका सल्लाहकार सदस्य समेत रहेकाा गण्डकी प्रदेशसभा सदस्य मा. दोबाटे बि क, विगतमा क्याम्पसमा २३ वर्ष क्याम्पस प्रमुख रही हाल व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपाने, क्याम्पसका संस्थापक सदस्य एवं सञ्चालक समितिका पूर्व अध्यक्ष समेत रहेका व्यास नगरपालिकाका संस्थापक नगर प्रमुख ताराप्रसाद श्रेष्ठ र क्याम्पस संचालक समितीका उपाध्यक्ष ब श्रेष्ठले संयुक्तरुपमा नवनियुक्त सहायक क्याम्पस प्रमुखद्वयलाई खादा र माला पहिराएर अविर लगाएर पदस्थापन गराएका थिए ।


सहायक क्याम्पस प्रमुखद्वयलाई क्याम्पस प्रमुख महा प्रसाद हड्खलेले नियुक्ति पत्र हस्तान्तरण गरे । कार्यक्रममा क्याम्पसका आमन्त्रित सदस्य एवं नेपाली कांग्रेश, तनहुँका सचिव विश्वनाथ बास्तोला, आमन्त्रित सदस्य एवं लायन्स क्लवका पूर्व डिष्ट्रिक गभर्नर अशोक कुमार श्रेष्ठ, सञ्चालक समितिका निवर्तमान अध्यक्ष रामचन्द्र बस्नेत लगायतले पनि वधाई ज्ञापन गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्