स्वास्थ्य प्रमुख अधिकारीलाई प्रबल जनसेवाश्री

  • ख-
  • ख+

दमौलीः स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी प्रबल जनसेवाश्री पदकबाट विभूषित भएका छन् ।


नेपाल राष्ट्रको गौरव र एवं नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान दिएको भन्दै उनलाई विभूषित गरिएको सम्मानपत्रमा उल्लेख छ । खासगरी कोभिड संक्रमणको जोखिमका क्रममा उनले गरेको कार्यसम्पादनका आधारमा गण्डकी प्रदेशबाट विभूषित हुनेमा उनी मात्र स्वास्थ्य कर्मचारी रहेको श्रोतले बतायो ।


उनलाई राजधानीमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पदकबाट विभूषित गरिन् । अधिकारीले पाउने पदक यस अघि नै घोषणा गरिएको थियो । सम्मानबाट आफूलाई निष्ठापूर्वक काम गर्न प्रेरणा मिलेको अधिकारीले दमौली न्यूजलाई बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी