लायन्सले पोशाक दिए पछि ब्यागनका विद्यार्थी दंग

  • ख-
  • ख+

दुलेगौंडा: शुक्लागण्डकी नगरपालिका वडा न ६ ब्यागान स्थित त्रिभुवन प्राविमा अध्ययनरत निकै खुशी छन् । लायन्स क्लब अफ शुक्लागण्डकी टाउनले आयोजना गरेको स्कुल ब्याग तथा बिद्यालय सामग्री वितरण कार्यक्रममा नयाँ झोला कपि, कलमको साथमा खाजा पाए पछि उनीहरु खुशी भए ।


दलित तथा जनजातिको बाहुल्यता रहेको बयाम, ब्यागान, कुसे ब्यागान ,पाखरीथोक, कमलबोट, रामकोट लगायतका स्थान बाट सो बिद्यालयमा जम्मा ४५ जना निम्न वर्गका विद्यार्थी अध्ययनरत छन् ।


कार्यक्रममा शु न पा वडा न ५ का वडा अध्यक्ष तथा क्लबका पुर्ब अध्यक्ष दिर्घ ब थापाले लायन्स क्लब अन्तराष्ट्रीय क्लब भए पनि कहीं कतै बाट एक रूपैयाँ सहयोग नआउने भन्दै क्लबका सदस्यले रकम संकलन गरेर सहयोग गर्ने भन्दै अन्य क्लब तथा संघ सस्थाले लायन्स क्लब बाट सिक्नु पर्ने बताए ।


कार्यक्रममा लायन्स क्लब अफ शुक्लागण्डकी टाउनका संस्थापक अध्यक्ष तथा डिस्ट्रीक एडभाइजर दुर्गाकुमार श्रेष्ठ, पूर्व अध्यक्ष तथा जोन चियर पर्सन प्रदीप थापाले आफु भन्दा कम भाग्यशाली मानिसलाई आफुले कमाएको केही रकम छुट्याएर सहयोग गर्ने संस्था भएकाले एकै पटकमा ठुला सहयोग गर्न पनि धेर थोर सहयोगमा सदैव तत्पर रहने प्रतिवद्धता जनाए ।


आम्दानीबाट खर्च कटाएर सहयोग गर्ने सामाजीक सस्थाले सहयोग गरेको देख्दा खुसी लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर परियारले बताए ।
क्लबका अध्यक्ष सुजन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न् कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष बिष्णुबहादुर राना, द्वितिय उपाध्यक्ष क्षेत्रबहादुर थापा, सचिव सृजना राना लगायतले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी