नेकपालाई सक्काउन खोज्नेहरुको इतिहास गूगलमा सीमित हुनेछ :महेश बस्नेत

  • ख-
  • ख+


दमौली:राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महेश बस्नेतले दमौलीमा आयोजित जिल्ला स्तरीय युवा भेलालाई सम्बोधन गर्दै केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउनका लागि प्रचण्ड पक्षले हर सम्भव प्रयास गरी रहेको बताए ।

उनले ओली र सुर्य चिन्ह धारी आधिकारिक पार्टीलाई समाप्त पार्न खोज्नेहरूलाई यो भूगोलमा नभई गूगलमा खोज्नु पर्ने दिन आउने र नेपाली इतिहासमा नाम मात्र सीमित रहेन चेतावनी समेत दिए । प्रचण्ड कमरेड र माधव नेपालको एकताले आफूहरु स्वयमकै भविष्य सकिएको बताए । ‘देश भर बनाईएको समानान्तर समितिको कुनै औचित्य छैन,’ उनले भने ।

चुनाव सम्म सम्मानान्तर समिति गठन गरी असली नेकपा एमालेले हराउने षडयन्त्रमा लागिरहेको आरोप लगाए । नेपालको कम्युनिष्ट आन्दोलनलाई मार्न खोज्नेहरुको आफ्नो भविष्य नै मर्ने निस्चित रहेको छ उनले भने ।


उनले नेपाली कांग्रेसले सत्तामा जाने म्याण्डेट नलिई प्रतिपक्षी भएर पद खाने दाउमा लागेको समेत बताए । प्रचण्ड पक्षले राष्ट्रपति देखि प्रधानमन्त्री सम्मका विभिन्न पदको प्रलोभन देखाएर नेपाली कांग्रेस सँग मिलेर पुन सरकार र सत्तामा आउने दाउँ खोजी रहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी