राजेशकुमार श्रेष्ठ

मेरो विचारमा औपचारिक अध्ययन मात्र सबै थोक पनि होइन । बिवेकशिल पार्टीका अध्यक्ष रबिन्द्र दाइले पढाइमा अबल दर्जाका व्यत्ती राजनितिमा नआएका कारण देशको दुर्दशा भएको सबै पढेलेखेका व्यत्ति राजनितिमा आउनु पर्छ भन्ने दाइको विचार प्रती बिरोध भन्दा पनि अलोचना गर्न चाहन्छु । रबिन्द्र दाइले भन्नू भएको जस्तो पढेलेखेका मानिसले मात्र सबै चिज गर्न सक्छ्न वा सक्दैन भन्ने उदाहरणका लागि हजुर कै अघि औपचारिक रुपमा समाजले बुद्धिजीवीको रुपमा स्वीकार गरेका नेता पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई हुनु हुन्छ ।

मलाइ बुझ्न मन लागेको नेल्शन मन्डेला, महात्म गान्धी, नरेन्द्र मोदि, हाल साललै शत्तीशाली देशका रास्ट्रपति चुनिनु भएका जो वाडेनको औपचारिक अध्ययन कति होला ? औपचारिक अध्ययनले जिउन सजिलो बनाउने मात्र हो । सबै ज्ञान हासिल गर्न पकै सकिँदैन । सबै भन्दा उत्तम आफ्नो इच्छा अनुसारको क्षेत्रको कार्यभार सम्हाल्ने र आफ्नो कार्यभारलाई शु -निति, नियत, नैतिकता, मितव्ययी भै पारदर्शी ढंगबाट अध्ययमिक बाटो हुँदै देशका लागि आत्मबाट म गर्छु भन्ने युवा जन्माउनु तर्फ लाग्नु पर्छ पुरानै पार्टी हिडेको बाटो हिड्न थाल्नु भयो भने अरुमा र तपाईको पार्टीमा फरक के भयो र ? दाइलाइ सुझाव दिन त सक्दिन तर आफुले बुझेको कुरा गर्दा अन्यत्र पुराना पार्टीलाई पनि उर्जा दिने व्यवहारिक प्रशिक्षण तिर लाग्नु होला । विवेकशील पनि नेपालको संविधान जस्तो कागजको सबै भन्दा राम्रो तर व्यवहारमा फरक नगर्नु होला ।

अन्तिम पटक अध्यावधिक गरिएको 372 Viewed

प्रतिक्रिया दिनुहोस्