ठाँटिटारमा मोटरसाईकलबाट खस्दा महिलाको मृत्यु

  • ख-
  • ख+

म्याग्देः म्याग्दे गाउँपालिका–४ ठाँटीटार स्थित पृथ्वीराजमार्गमा मोटरसाईकलबाट खसेर घाइते महिलाको ज्यान गएको छ ।

थर्पु बजारबाट छबिसेतर्फ जाँदै गरेको ग ७ प ५३२३ नं.को मोटरसाईकलमा सवार म्याग्दे गाउँपालिका–६ छबिसे निवासी ५५ वर्षिया सानुमायाँ सार्की मोटरसाईकलबाट खसेर घाइते भएकी थिइन् ।

घाइते सार्कीको फेवासिटी अस्पताल पोखरामा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी