माओवादीद्वारा मारिएका सहिद जमरकट्टेलको स्मृतिमा प्रतिष्ठान

  • ख-
  • ख+

दमौलीः तत्कालीन माओवादी सशस्त्र विद्रोहीले हत्या गरेका सहिद विष्णु जमरकट्टेलको २० औं विष्णु जमरकट्टेल स्मृति दिवसका क्रममा विष्णु जमरकट्टेल स्मृति प्रतिष्ठान स्थापना गरिएको छ ।


व्यास ६ शिशाघाटमा कांग्रेसका शीर्ष नेताको उपस्थितीकाबीच भएको कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सामाजिक राजनीतिक क्षेत्रमा जमरकट्टेलले खेलेको भूमिकाको सराहना गरे । प्रजातन्त्र प्राप्तिको आन्दोलनमा जमरकट्टेलको योगदान अतुलनीय रहेको उनले बताए ।


जमरकट्टेलले सपना साकार पार्नका लागि पनि शिशाघाटको विकासमा कांग्रेसले विशेष ध्यान दिने वरिष्ठ नेता पौडेलले बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारीले कम्युनिष्टलाई विश्वास गर्दा राष्ट्रियता नै खतरामा परेको जिकिर गरे ।


कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु गोविन्द भट्राई ,प्रदीप पौडेल ,आमन्त्रित केन्द्रीय सदस्य धु्रव वाग्ले , नेपाली कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपाने,कार्यवाहक सभापति जितप्रकाश आले लगायतले बोलेका थिए ।

कांग्रेसका सक्रिय स्थानीय नेता जमरकट्टेलको २०५७ साल चैत्र २८ गते तनहुँको दुलैपानीमा माओवादी कार्यकर्ताले हत्या गरेका थिए । उनको स्मृतिमा शान्ताराम घिमिरेको अध्यक्षतामा स्थापित प्रतिष्ठानकी संरक्षकमा पत्नी ईन्दिरादेवी र सल्लाहकारमा छोरा एवं नेपाली कांग्रेस जनसम्पर्क समिति जापानका नेता एवं कांग्रेस महाधिवेशन प्रतिनिधि राजेन्द्र जमरकट्टेल छन् ।

उनले लोकतन्त्रको जगेर्नासँगै सामाजिक क्रियाकलापमार्फत प्रतिष्ठान अघि बढ्ने जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी