समुदायभित्रको एकतामा ब्राह्मण अगुवाको जोड

  • ख-
  • ख+

दमौली: व्यास ३ मा ब्राह्मण समाज नेपालको वडा कार्यसमिति पुनर्गठन गरिएको छ । शनिबार व्यास सत्संग मन्दिर क्षेत्रमा सम्पन्न संस्थाको अधिवेशनले नारायणदत्त पौडेल को अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्ष मैना देवी अधिकारी , सचिवमा बाल हरि अधिकारी, कोषाध्यक्षमा हरिप्रसाद पण्डित सहसचिवमा राधा आचार्य चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा श्री कृष्ण सोती, रीता ढुंगाना, ठाकुर प्रसाद पौडेल कोपिला पौडेल, सुमन भट्टराई , सुदीप काफ्ले, सर्जु पौडेल र सोमकान्त पौडेल निर्वाचित भएका छन् । अधिवेशनले नगर प्रतिनिधिमा शर्मिला ओझा, भगवती लम्साल, कल्पना न्यौपाने, अनिता काफ्ले र मेघराज काफ्लेलाई सर्वसम्मत चयन गरेको छ ।

यसैगरी अधिवेशनले मन्जु वाग्लेको अध्यक्षतामा ब्राह्मण समाज नेपाल व्यास तीन महिला समाज गठन गरेको छ समितिको उपाध्यक्षमा रमना ढुङ्गाना, सचिवमा सावित्रा ओझा, कोषाध्यक्षमा मन्जु खनाल तथा सहसचिवमा सीता पाण्डेलाई चयन गरेको छ ।

कार्यसमितिका सदस्यहरुमा अनुपम कला शर्मा, विमला पुडासैनी, तारा देवि खनाल, सुलोचना पण्डित र गीता अधिकारी चयन भएका छन् ।

यसअघि अधिवेशनको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्लेले उद्घाटन गरेका थिए । ब्राह्मण संस्कृति पुरानो भएको भन्दै उनले यसको जगेर्नामा जोड दिए। निवर्तमान अध्यक्ष प्रियनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँकी उपप्रमुख पवित्रा पौडेल, ब्राह्मण समाज नेपाल केन्द्रीय कार्यसम्पादन समितिका सदस्य डा लक्ष्मीकान्त चापागाई, ब्राह्मण समाज नेपालका केन्द्रिय सदस्य उपेन्द्र लम्साल, ब्राह्मणका ब्राह्मण समाज नेपाल जिल्ला कार्य समिति तनहुँका अध्यक्ष कृष्णचन्द्र पाण्डे, व्यास ३ का वडा सदस्य रविन पौडेल लगायतले अन्य समुदायमा झैँ ब्राह्मण समाज बीच पनि जातीय एकता आवश्यक रहेकोमा जोड दिए।

पहिचानका लागि आफ्नो धर्म संस्कृतिको जगेर्ना गर्नुका साथै समुदायका सदस्यबीच जातीय एकता कायम कालागि जोड दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्