वडाका ४० सक्रिय व्यवसायिक कृषक सम्मानित

  • ख-
  • ख+

दमौली:व्यास नगरपालिका वडा न.१० ले आफ्नो वडाका सक्रिय व्यवसायिक ४० कृषकहरुलाई सम्मान गरेको छ । बिहीबार व्यास १० को वडा कार्यालय नयाँ वस्तीमा आयोजित कार्यक्रममा नगर प्रमुख वैकुण्ठ न्यौपानेले वडाका सक्रिय व्यवसायिक किसानहरुलाई खादा ओडाएर प्रमापत्रसहित सम्मान गरेका थिए । कार्यक्रममा प्रत्येक किसानलाई १ थान जेट स्प्रेयर, एक थान गम बुट ,२ जोर पञ्जा र ५ लिटर फीनेल समेत प्रदान गरिएको थियो ।कार्यक्रममा नगर उप प्रमुख मीरा जोशी, वडा अध्यक्ष तुलशीराम सापकोटा, व्यास नगर पशु सेवा शाखाका प्रमुख डाक्टर मनोज विश्वकर्मा लगाएत जनप्रतिनधिहरुको उपस्थिति रहेको भेटेरिनरी प्राविधिक गोपीचन्द्र न्यौपानेले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्