सिग्देल जनसेवा श्री (चतुर्थ)बाट सम्मानित

  • ख-
  • ख+

प्रकृति खनाल
दमौली: व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल यस वर्षकाे निजामती तर्फबाट प्रवल जनसेवाश्री (चतुर्थ)बाट सम्मानित भएका छन्। सिग्देल निजामती क्षेत्रमा लाेकसेवा आयाेग, तत्कालीन जिल्ला विकास समितिका विभिन्न जिल्लाका स्थानीय विकास अधिकारी देखि हाल व्यास नगरपालिकाे प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन्।
सिग्देल शुक्रबार राष्ट्रपतिकाे कार्यालय शितलनिवास महाराजगन्जमा आयाेजित विभूषण शुसाेभन कार्यक्रममा विभूषित भएका हुन्।

जुनसुकै सरकारी कार्यालयमा रहदा पनि कार्यासम्पादनमा निरन्तर खट्ने नेपाल सरकारका कर्मठ वरिष्ठ उपसचिव राष्ट्रसेवक सिग्देललाई कुशल कार्यासम्पानका आधारमानै राष्ट्रपति कार्यालयले सम्मान गरेकाे हाे।

निजामती सेवामा रहि राष्ट्र्सेवामा उल्लेखनीय कार्यसम्पादन गरे वापत सिग्देललाई राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषित गरेकी हुन्। नेपाल सरकारका वरिष्ठ उपसचिव एवम् ब्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिग्देल निजामती क्षेत्रमा जुनसुकै कार्यालयमा रहदा पनि विभिन्न रचनात्मक तथा उपलव्धिमूलक काम गरि आफ्नो छवि र प्रतिष्ठालाई उच्च बनाएकै कारण राष्ट्रपतिकाे कार्यालयले पनि विभूषित गरेकाे वताइएकाे छ ।कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यारत व्यक्तित्वहरूलाई कार्या सम्पादनका आधारमा विभूषित गरिएकाे छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी