पत्रकार महासंघमा तनहुँका ३ जना निर्वाचित

  • ख-
  • ख+


दमौली :नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा तनहुँका  पत्रकार प्रदीप काफ्ले निर्वाचित भएका छन् । गण्डकी प्रदेश  समितिमा नारायण शर्मा नेतृत्वको साझा प्यानलबाट उम्मेदवारी दर्ता गराएका काफ्ले केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । काफ्लेले ५५३ मत तथा निर्वाचित अर्का सदस्य त्रिभुवन पौडेलले ६३९ मत प्राप्त गरेका थिए । त्यसैगरी नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको  महिला उपाध्यक्ष पदका उम्मेदवार सोनी शर्मा  निर्वाचित भएकी छन् । शर्माले ५५२ मत ल्याइन् । उनका प्रतिस्पर्धी शान्ति गुरुङले ३८४ मत प्राप्त गरिन् । त्यसैगरी  पत्रकार महासंघ गण्डकी प्रदेशका दलित सदस्यका उमेद्वार साने बहादुर नेपाली निर्वाचित भएका छन् । उनले ५२० मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी रविना बोहोराले ३९० मत प्राप्त गरिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी