थर्पु बजार इकाईमा पुन भिमलाल

  • ख-
  • ख+

दमौली: तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार इकाईकाे २५ औँ साधारणसभा तथा ११ औं अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिवेशनले पुन भिमलाल श्रेष्ठलाई सर्वसम्मत सभापति चयन गरेको छ । त्यसैगरी उपसभापतिमा शेषकान्त घिमिरे , सचिव दुर्गाबहादुर अधिकारी , काेशाध्यक्ष खमबहादुर नेपाली , महिला सदस्य संगिता ठकुरी रहेका छन् । यस्तै सदस्यहरूमा सुन्दरमणि अधिकारी , सुरेन्द्र अधिकारी , यज्ञ नारायण श्रेष्ठ , माधवराज अधिकारी , प्रविण घिमिरे , राजिव श्रेष्ठ रहेका छन् । यसअघि भएको कार्यक्रमकाे कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे रहेका थिए । साे अबसरमा तनहुँ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तेजकुमार मल्ल , शुरेन्द्र अधिकारी लगायतकाे उपस्थिति रहेको थियो । भिमलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमकाे सञ्चालन दुर्गाबहादुर अधिकारीले र स्वागत शेषकान्त घिमिरेले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी