व्यक्तिगत घटना दर्ता किताब डिजिटलाईजेसनमा तनहुँमै म्याग्दे पहिलो

  • ख-
  • ख+

विकास खनाल: म्याग्दे तनहुँकाे म्याग्दे गाउँपालिकाले ब्यक्तिगत घटना दर्ता किताब डिजिटलाईजेसन सुरु गरेको छ । गाउँपालिकाले घटना दर्ताका बिवरण ढड्डामा राख्ने प्रचलनलाइ विस्थापित गर्दै सबै विवरणलाई डिजिटल प्रविधिमा रूपान्तरण गरेको हाे । साेमबार गाउँपालिकामा आयाेजित कार्यक्रममा गाउँपालिका अध्यक्ष मायादेवी रानाले उक्त कार्यकाे सुभारम्भ गरिन् । ब्यक्तिगत घटना दर्ताका विवरण डिजिटल प्रविधिमा समावेश भए पछि कर्मचारीकाे समय बचत हुनुका साथै सेवाग्राहीले पनि छिटोछरितो सेवा प्राप्त गर्न सक्ने गाउँपालिका अध्यक्ष मायादेवी रानाले बताइन् । याे हाम्रो तनहुँ जिल्ला भरिकै स्थानीय तह मध्ये पहिलो काम हाे रानाले भनिन् । कार्यक्रममा उपाध्यक्ष बालकृष्ण घिमिरेले २०४९ सालदेखि कार्यलयमा रहेका रजिस्टर ढड्डाहरूलाई डिजिटलाईजेसन गरिएको बताए । अब ढड्डाहरू पानिले भिज्ने , धमिराले खाने अक्षर उड्ने समस्या बाट मुक्त भएका छाैँ , घिमिरेले भने । त्यस्तै प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले गाउँ पालिका भित्रका सबै वडाकाे ३२ हजार ९ सय विवरण डिजिटल प्रविधिमा समावेश गरेको बताए । कम्प्युटरमा नाम हान्ने बित्तिकै सम्पुर्ण विवरण एकैपटक पाउन सकिन्छ अधिकारीले भने । जन्म , मृत्यु , विवाह , बसाइँसराइ र सम्बन्ध बिच्छेदका सम्पुर्ण विवरण लाई डिजिटल प्रविधिमा रूपान्तरण गरिएको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारिले बताए । अब सबै प्रकारको विवरण खाेज्न सहज हुने अधिकारीकाे भनाइ छ । गाउँपालिकाले बैशाखदेखि गाउँगाउँमा गई ब्यक्तिगत घटना दर्ता शिविर मार्फत गर्न लागेको पञ्जिकरण साखा प्रमुख एककुमार श्रेष्ठले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्