म्याग्देमा एम्बुलेन्स सेवा सुरु

  • ख-
  • ख+

दमौली: विश्व स्वास्थ्य दिवसकाे अवसर पारेर म्याग्दे गाउपालिकाले आमनागरिककाे लागि एम्वुलेन्स सेवाकाे शुभारम्भ गरेको छ । बुधबार गाउँपालिकामा आयाेजित एक कार्यक्रमका बिच अध्यक्ष मायादेवि रानाले एम्बुलेन्स सेवाको सुभारम्भ गरिन् । साे अबसरमा अध्यक्ष रानाले एम्बुलेन्स सेवा पछि बिरामीहरू लाई अस्पताल समयमै पुर्याउनमा ठुलो सहयोग मिल्ने बताइन् । गाउँपालिकाले सर्वसाधारण जाे सुकैलाई पनि दुख र पिडाले छट्पटी भएको बेला समयमै अस्पताल पुर्याउन पाइयोस् भनेर एम्बुलेन्स सञ्चालनमा ल्याएको छ , यसको भरपुर प्रयोग गर्नुस् रानाले भनिन् । कार्यक्रममा उपाध्यक्ष बालकृष्ण घिमिरेले मानिसको स्वास्थ्य सबैभन्दा ठुलो भएको र कहिलेकाहीँ अाइपर्ने बिमारी अनि तत्कालै अस्पतालमा पुग्नपर्ने अवस्थामा एम्बुलेन्स उपयोगी हुने बताए ।एम्बुलेन्स सुभारम्भ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी , स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरे सहितको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी