हाम्रो पत्रकारिता हामी पत्रकार

  • ख-
  • ख+

शैलेन्द्र मिश्र
पत्रकार महासंघको चुनाव आज चैत्र २५ गते देशैभरी हुदै छ । पत्रकारले पत्रकारकै नेता चुन्ने यो शुवर्ण अवसरले देशभरी माहोल तताएको छ । आफ्नो पक्षमा समाजिक संञ्जाल देखी फोन म्यासेजहरुमा भोट माग्ने क्रम जारी नै छ ।


पत्रकार महासंघको यसपटको चुनाव पृथक तरिकाले हुदै छ । नयाँ अभ्यासमा हुन लागेको यो चुनावमा पत्रकार महासंघको साधारण सदस्यता लिएका सबै व्यक्तिले केन्द्र देखी प्रदेश, एसोसिएट हुँदै जिल्ला तह सम्मका आफुलाई मन परेका उम्मेदवारलाई भोट हाल्न पाउने छन् । देशको राजनैतिक वातावरण बिग्रंदै गएको अवस्थामा बैद्धिक वर्गले प्रतिनिधित्व गर्ने पत्रकार महासंघको चुनावलाई देशको मिनी मध्यवर्ती चुनावका रुपमा पनि हेरिएको छ ।


पत्रकार महासंघको यसपटकको चुनावमा पनि विभिन्न राजनैतिक दलसंग आवद्ध पत्रकार गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका छन् । विशेष गरेर कांग्रेस निकट नेपाल प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस सेन्टर र हाल चरम विवादमा रहेको नेकपा एमालको प्रेस चौतारी (माधवकुमार नेपाल समूह) पक्षका पत्रकारहरु लगायतका अन्य साना दलमा आस्था राख्नेबीचको गठबन्धन भएको छ ।

२०७२ सालमा संविधान जारी गर्ने सन्दर्भमा तत्कालिन प्रधानमन्त्री सुशील कोईरालाले पत्रकारबीचको छलफलका क्रममा नेपालमा संविधान बनेपछि सबै पत्रकारहरु गाडी चढेर हिंड्न सक्ने क्षमताका रहने छन् भन्दै गर्दा धेरैले यसलाई हाँसोको विषय बनाएका थिए । संविधान जारी भएर हाल यो अवस्था सम्म आईपुग्दा पत्रकारितामा आवद्धता जनाउने धेरै साथीहरु आजभोली गाडी चढेर हिंडेको देख्न पाईन्छ ।

अर्कातर्फ नेकपा एमालेको प्रेस चौतारी (केपी ओली समूह) र जनता समाजवादी पार्टी जसपा निकट पत्रकारहरु सहित अन्य साना दलहरु समर्थित गठबन्धनबीच प्रतिष्पर्धा हुने देखिएको छ । २०७२ सालमा संविधान जारी गर्ने सन्दर्भमा तत्कालिन प्रधानमन्त्री सुशील कोईरालाले पत्रकारबीचको छलफलका क्रममा नेपालमा संविधान बनेपछि सबै पत्रकारहरु गाडी चढेर हिंड्न सक्ने क्षमताका रहने छन् भन्दै गर्दा धेरैले यसलाई हाँसोको विषय बनाएका थिए ।

संविधान जारी भएर हाल यो अवस्था सम्म आईपुग्दा पत्रकारितामा आवद्धता जनाउने धेरै साथीहरु आजभोली गाडी चढेर हिंडेको देख्न पाईन्छ ।
काठमाण्डौको बानेश्वर चोकको ट्राफिक जाममा दश मिनेट मात्रै कुर्नुपर्यो भने एम्बुलेन्सलाई झैं पत्रकारका मिडिया हाउसका नाम लेखिएका चिल्ला कारहरुलाई साईड दिएरै सकिंदैन् ।

राज्यले पत्रकारितालाई चौथो अंगको दर्जा दिएको छ । समाज परिवर्तनको महत्वपूर्ण हिस्सा पत्रकारिता हो । पत्रकारिता एउटा संवेदनशील क्षेत्र हो । त्यसैले यसको महत्वलाई बुझेर हामीले समाज परिवर्तनशिलता र खबरदारितामा लाग्नु पर्ने यो अवस्थामा अहिलेको पत्रकार महासंघको नेतृत्व हत्याउनलाई लाग्नु भएका व्यक्तिहरुले चुनावी एजेण्डामा यी कुराहरुलाई समावेश गर्न नसकेको देख्दा आम पत्रकारहरु आश्चर्यमा परेका छन् ।

लामो समयदेखि बहसको विषय बन्दै आएको पत्रकार सदस्य शुद्धिकरणको मुद्दा चुनावी एजेण्डमा मात्रै सीमित छ । पत्रिका वितरण गर्दै पत्रकार बनेकाहरु, एसएलसी तेस्रो श्रेणीमा पास भएर अन्त कतै बिक्न नसकेकाहरु अर्काले समाचारको बाईलाईन लेखिदिएर सदस्यता लिएकाहरु, जिल्ला तथा स्थानीय तहमा पर्दा पछाडी बसेर ठेक्कापट्टाका काम गर्दै नेता तथा मन्त्रीका अगाडी पत्रकार परिचय पत्र देखाउँदै सम्मान लिन खोज्नेहरुको विरुद्धमा यसपटकका केन्द्र तह देखी जिल्ला तह सम्मका उम्मेदवारहरु उभिएको देखिएन ।

किनभने अहिले पत्रकारीता त्यस्तै व्यक्तिहरुको मुठ्ठिमा छ । नेपालमा पत्रकारितामा मात्रै आश्रित रहेर जीविकोपार्जन गर्न सक्ने अवस्था अहिलेलाई छैन । वैकल्पिक आयस्रोतको खोजीमा सबै पत्रकारहरु कुनै न कुनै रुपमा लागि रहेका छन् । तर यसो भन्दै गर्र्दा पत्रकार महासंघले आफ्ना सदस्यहरु के काम गर्दै छन्, कुन अवस्थामा छन् भनेर खोजनिती कहिल्यै गरेन । त्यहाँबाट नै सुरु भयो पत्रकारितामा विकृति ।

चरम राजनैतिक हस्तक्षेपको सिकार अहिले नेपाली पत्रकारिताको सबैभन्दा ठूलो समस्या हो । यो समस्या जिल्ला तहमा झन् व्यापक र विकराल छ ।

चरम राजनैतिक हस्तक्षेपको सिकार अहिले नेपाली पत्रकारिताको सबैभन्दा ठूलो समस्या हो । यो समस्या जिल्ला तहमा झन् व्यापक र विकराल छ ।
नेपाली पत्रकारितामा शुद्धिकरण संगसंगै व्यवसायिकता र क्षमता विकासको पनि निकै खाँचो छ । आशा छ, अब निर्वाचित भएर आउने नेतृत्व केन्द्र देखि प्रतिष्ठान शाखा सम्मले आफ्ना सदस्यहरुलाई वास्तविक पत्रकारिता गर्ने वातावरण सिर्जना गर्न सकोस शुभकामना !

(लेखक नेपाली पत्रकारितामा स्नातक, राजनीति शास्त्रमा स्नाकोत्तर तथा विगत १० वर्षदेखी पत्रकारिता क्षेत्रमा पनि आवद्ध छन् ।)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी