बैंकिङ कसुर मुद्दामा ‘फरार’ महिला कारागार चलान

  • ख-
  • ख+

दमौलीः बैकिंङ कसुर मुद्दामा फरार एक महिला कारागार चलान भएकी छन् ।

भानु नगरपालिका वडा नं. १२ मिर्लुङ् स्थायी घर भएकी २७ वर्षिया आशा थापा अधिकारीलाई उच्च अदालत पाटनको गत असार १४ गतेको फैसलाले दुई दिन कैद र ६ लाख जरिवाना सजाय सुनाएको थियो ।


तर प्रहरीबाट फरार ती महिलालाई आईतबार बेलुकी काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं. ९ स्थितमा फेला पारी पक्राउ गरी तनहुँ जिल्ला अदालतमा बुझाइएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए ।

अदालतको आदेशले महिला कारागार चलान भएको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी