सत्यवतीलाई दोश्रो मेयर कप

  • ख-
  • ख+

दमौलीः सत्यवती माविले दोश्रो व्यास मेयर कप छात्र फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । आफ्नै खेल मैदानमा आयोजित कपको फाइनल उपाधिका लागि भएको प्रतिष्पर्धामा निर्मल माविलाई पराजित गर्दै सत्यवतीले उपाधि जितेको हो ।


व्यास नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा पेनाल्टी सुटआउटमार्फत सत्यवती विजयी भएको हो ।
प्रतियोगितामा निर्मल उप विजेतासँगै शिव पञ्चायन मावि तेश्रो तथा शिव मावि दुम्सी सान्त्वना भएका छन् ।



विजयी सत्यवतीले कपसँगै नगद ३५ हजार रुपैयाँ पाएको छ । उप विजेता निर्मलले नगद २५ हजार, तेश्रो हुन सफल शिव पाञ्चायनले १५ तथा सान्त्वना हुन सफल शिव माविले नौ हजार नगद पुरस्कार पाउनेछन् ।
यस अघि प्रतियोगी विवादका कारण छात्रा कप मेयर फुटबल भने स्थगित गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्