अपाङ्गता भएकालाई म्याग्देमा सम्मान

  • ख-
  • ख+

म्याग्देः म्याग्दे गाउँपालिका वडा नं २ का ५३ जना अपाङ्गता भएकालाई म्याग्दे गाउँपालिकाले सोमबार जामुनेमा सम्मान गरेको छ ।

म्याग्दे गाउँपालिका वडा नं २ को आयोजना तथा वडाका अध्यक्ष चन्द्रबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मायादेवी रानाले अपाङ्गता भएकालाई सम्मान गर्दै केही हौसला र प्रेरणा मिलोस भनेर म्याग्दे गाउँपालिकाको सहयोगमा वडाले सम्मान कार्यक्रम आयोजना गरेको बताइन् ।


अपाङ्गता भएकाको आवश्यकता र इच्छाअनुसार गाउँपालिकाले सीपमूलक कार्यक्रम ल्याउने रानाको भनाइ थियो । गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले अपाङ्गता भएकाको हितमा म्याग्दे गाउँपालिका सधैं रहेको र रहने बताए ।

सो अवसरमा प्रतिव्यक्ति नगद १६ सय र फलफूल वितरण गरिएको थियो । म्याग्दे २ का अपाङ्ग शुसान सुनारले सम्मानित हुन पाउँदा आफुलाइ खुशी लागेको भन्दै गाउँपालिकालाइ धन्यवाद दिए । यस्तै अर्का अपाङ्ग किरण श्रेष्ठले सीपमुलक कार्यक्रम दिन गाउँपालिकालाई आग्रह गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्