दमाैलीका वैज्ञानिक किशोरलाई नाष्टको पुरस्कार

  • ख-
  • ख+

दमौली: व्यास नगरपालिका वडा नं ३ दमाैली घर भइ हाल न्युक्यासल युनिभर्सिटीमा वैज्ञानिककाे रूपमा कार्यगत डा. किशोर अाचार्य पुरस्कृत भएका छन् । अद्भुत क्षमता भएको प्राेफेसर भन्दै विज्ञान र इन्जिनियरिङ बिषयमा अनुसन्धानका लागि प्रतिस्पर्धाबाट छानिएका डा. किशोर अाचार्य अहिले फेरि जर्नलमा कृति प्रकाशन प्राेत्साहन पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठान बाट अा .व . ०७७ / ०७८ मा अन्तर्राष्ट्रिय प्रकाशन तथा विज्ञानको उन्नयन कार्यक्रम अन्तर्गत उनी पुरस्कृत भएका हुन् ।

जर्नलमा कृति प्रकाशन गर्दा लागेको शुल्क साेधभर्नाका लागि सुचना प्रकाशित गरि अावेदन अाब्हान गरिएकोमा प्राप्त भएका अावेदनहरूमा कार्यक्रमकाे कार्यविधि अनुसार छनाैट समिति बाट मुल्यांकन गरि वैज्ञानिक एवम् प्राविधिक हरू लाई जर्नल कृति प्रकाशन प्राेत्साहन पुरस्कार गर्ने भन्ने उद्देश्य अनुसार अाचार्य छनाैटमा परेका हुन् ।

अाचार्य सँगै उनको टिमका दमाैलीकै सन्तोष खनाल र कल्याण पन्त पनि पुरस्कृत भएकाे पन्तले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी