म्याग्देमा बजार अनुगमन

  • ख-
  • ख+

विकास खनाल

म्याग्दे : म्याग्दे गाउँपालिकाकाे अायाेजनामा सुक्रवार थर्पु बजार र अासपासका २१ वटा खाद्यान्न पसलको अनुगमन गरिएकाे छ । अनुगमनका क्रममा केही पसल दर्ता नगरी सञ्चालन गरेको , अखाद्य बस्तु तथा म्याद गुज्रिएको सामान फेला परेको पाइएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

खासगरी पेय पदार्थ म्याद गुज्रिएको पाइएको अधिकारीले बताए । दर्ता नगरी पसल सञ्चालन गरेकाहरू लाई दर्ता गर्नकाे लागि अनुरोध गरिएको अनुगमन टाेलिका लक्ष्मण बरालले बताए ।

त्यस्तै म्याद गुज्रिएको तथा अखाद्य बस्तु बेचबिखन गरेकालाई १ पटक सम्झाउने काम भएको र तत्कालै गाउँपालिकामा उपस्थित हुन भनिएको टाेलिका श्रीराम खनालले बताए ।

अनुगमनमा म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना , उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी , जिल्ला प्रशासन कार्यलय तनहुँका प्रशासकिय अधिकृत लक्ष्मण बराल , वडा अध्यक्ष प्रेमबहादुर अाले , पत्रकार महासंघ तनहुँका अध्यक्ष अाेमकार अाचार्य , श्रीराम खनाल , उद्योग बाणिज्य संघ थर्पु इकाईका सभापति भिमलाल श्रेष्ठ , जीवन थापा , श्रीकृष्ण पाैडेल लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी