गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चद्वारा श्रष्टालाई पुरस्कार वितरण

  • ख-
  • ख+

दमौलीः गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले स्रष्टा सम्मान तथा पुरस्कार वितरण गरेको छ ।


कार्यक्रममा यस अघि नै घोषणा गरिएको पुरस्कार तथा सम्मान वितरण गरिएको हो ।
कार्यक्रममा २०७६ सालको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार एवम् गीतकार स्वर्गीय रत्न शमशेर थापाका परिवारिक सदस्यलाई हस्तान्तरण गरियो ।


कार्यक्रममा ०७७ को क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार वरिष्ठ साहित्यकार प्राडा वासुदेव त्रिपाठीलाई,२०७६ सालको गीतल रास्ट्रीय युवा पुरस्कार छन्दकवी सुदेश सत्याल तथा २०७६ सालको गीतल प्रतिभा पुरस्कार लोक गायक बसन्त विश्वकर्मालाई प्रदान गरिएको थियो ।


कवि आत्माराम आचार्य, राष्ट्रिय सभा सदस्य प्रकाश पन्थसहित साहित्यकार तथा सुभेच्छुकको उपस्थितीमा पुरस्कार हस्तान्तरण गरिएको प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्