महेन्द्र मावि गुणादीको ६ कोठे भवन शिलान्यास

  • ख-
  • ख+

गुणादीः योङ लिभिङ फाउन्डेसन नेपालको आर्थिक सहयोगमा महेन्द्र मावि गुणादीमा बन्ने ६ कोठे पक्कि विद्यालय भवनको म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले शिलान्यास गरेकि छन् ।

भवनको शिलान्यास गर्दै रानाले निर्माण सम्पन्न पछि कक्षाकोठा पर्याप्त हुने बताइन् । भौतिक पुर्वाधारमा विद्यालयले फड्को मार्दै गएको भन्दै उनले अब शैक्षिक गुणस्तरमा ध्यान दिन विद्यालय परिवारलाई सुझाइन् । कार्यक्रममा उपाध्यक्ष बालकृष्ण घिमिरेले समयमै गुणस्तरीय भवन बन्ने बिश्वास लिएको बताए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयराज खनालको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा म्याग्दे गापाका प्रवक्ता एवं वडा नं १ अध्यक्ष शिवशरण वाग्ले , वडा नं २ का अध्यक्ष चन्द्रबहादुर रानाभाट, योङ फाउन्डेसन नेपालका व्यवस्थापक रोजिना सिजापती, वडा सदस्य ऐमान सिंह थापा, हास्यकलाकार जोगेन्द्र, विद्यालय व्यवस्थापन समितिका सदस्य थममाया, रामहरि खनाल, नेका का वडा अध्यक्ष विनोदत्त खनाल , विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष पुष्पराज खनाल , विन्दु शर्मा खनाल ,चन्दादाता एवं जग्गादाता बलभद्र वाग्ले , बाराही सामुदायिक वनका अध्यक्ष मुक्तिनाथ खनाल , विद्यालयका प्रअ सोमवहादुर थापा , तरूण दलका सदस्य प्रमोद खनाल समाजसेवी बाबुराम खनाल लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्