एमाले नेपाल समूहको अध्यक्षमा श्रेष्ठ, सचिवमा कार्की

  • ख-
  • ख+

दमौली: देशैभर समानान्तर समिति गठन अभियान थालेको नेकपा एमालेको माधवकुमार नेपाल समूहले तनहुँ अध्यक्षमा शंकरनारायण श्रेष्ठलाई जिम्मेवारी दिएको छ । श्रेष्ठ हाल नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य थिए ।


पोखराको लेकसाइडमा सम्पन्न एक भेलाले सचिवको जिम्मेवारी श्रीराम कार्कीलाई दिएको छ । कार्की यस अघि पार्टीको व्यास नगर अध्यक्ष थिए । तनहुँ जिल्ला ईञ्चार्जको जिम्मेवारी यस अघि एमालेकै केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज प्रतापलाल श्रेष्ठले पाएका छन् ।


प्रदेश इञ्चार्ज सुरेन्द्र पाण्डेको संयोजकत्वमा भएको भेलामार्फत प्रदेशका १० वटै जिल्लामा समानान्तर कमिटी गठनको घोषणा गरिएको हो ।
भेलाले चैत मसान्तसम्म सबै जिल्ला तथा प्रदेश कमिटीको घोषणा गरिसक्ने निर्णय गरेको पार्टीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्