महिला उद्यमी संघ तनहुँमा निर्मला मल्ल

  • ख-
  • ख+

दमौली: महिला उद्यमी संघ नेपाल तनहुँको अध्यक्षमानिर्मला मल्ल चयन भएकी छन् । तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले संस्थाको पहिलो कार्य समितिमा मल्ललाई चयन गरेको हो ।

संघको प्रथम उपाध्यक्ष तुलसी शाह, द्वितिय उपाध्यक्ष बिस्णु डल्लाकोटी ,महासचिव बसन्ता श्रेष्ठ, सचिव सकुन्तला आले तथा कोषाध्यक्ष आशा बानियाँ चयन भएका छन् ।कार्य समिति सदस्यमा सरु श्रेष्ठ ,बेलु श्रेष्ठ ,सपना श्रेष्ठ ,शारदा पन्डित , सरस्वती न्योपाने ,देवि न्योपाने र अन्जु दाहाल चयन भएका छन् ।

विधिवत रुपमा दर्ता भै आधिकारिक रुपमा मंगलबारबाट संघ संचालनमा आएको जनाइएको छ । महिला उद्यमी महासंघ नेपालका केन्द्रिय कार्य समिती सदस्य लक्ष्मी खनाल,गण्डकी प्रदेश सदस्य काशी गुरुङ ,महासंघ सदस्य सोनी जोशिको विशेष उपस्थितिमा समिति गठन गरिएको हो ।

अध्यक्ष मल्लले जिल्लाका विभिन्न क्षेत्रमा छरिएका महिला उद्यमीहरुको योग्यता र क्षमता पहिल्याउदै महिलाहरुको सीप र ज्ञानको प्रयोग गरि उद्यम र व्यवसायमा सहभागी गराउने बताइन् ।


हाल सम्म ५६ जिल्लामा संघ विस्तार गरिएको र अब देशैभर जाने योजना रहेको केनद्रीय अध्यक्ष रिता शाहले जानकारी दिईन् । संघकी तृतीय उपाध्यक्ष दर्शना श्रेष्ठले सफल कार्यकालको शुभकामना दिइन् ।

समग्र महिला उद्यमीहरु व्यावसायिक क्षेत्रमा एकताबद्ध ढङ्गले अघि बड्ने उद्देश्यले संघ स्थापना गरिएको संघकी सचिव शकुन्तला आलेले जानकारी दिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी