थर्पु ब्याडमिन्टनकाे प्रथम पुरस्कार जियस र थर्पु ब्याडमिन्टन क्लबलाई

  • ख-
  • ख+

म्याग्दे: थर्पु ब्याडमिन्टन क्लबद्वारा आयोजित प्रथम म्याग्दे ब्याडमिन्टन कपकाे प्रथम पुरस्कार जियस र थर्पु ब्याडमिन्टन क्लवले हात पारेको छ । चैत्र १२ गते देखि ३ दिनसम्म चलेको प्रतियोगितामा ७४ टिमकाे सहभागीता रहेको र त्यहि ७४ टिम बीच भएको प्रतिस्पर्धामा बी लेबल तर्फ २१ टिम र सी लेबल तर्फ ५३ टिमले सहभागी जनाएका थिए । बी लेबल को प्रतिस्पर्धामा जियस ब्याडमिन्टन क्लब शुक्लागण्डकी भोटेपानीका खेलाडीहरु अमृत राना र तुलाराम थापाले प्रथम स्थान हासिल गरे । त्यसैगरी द्वितीय स्थान दमौली ब्यास ब्याडमिन्टन क्लब का गोविन्द श्रेष्ठ र धनबहादुर गुरुङको हातमा प¥यो । यस्तै तृतीय स्थान थर्पु ब्याडमिन्टन क्लब र जियस क्लबका खेलाडीहरु कुशल थापा, सुवोध आले,सुरज राम्जाली र क्षितिज पौडेलले पाउन सफल भए । सी लेबलको प्रतिस्पर्धामा तीन वटै स्थान थर्पु ब्याडमिन्टन क्लब म्याग्दे–४ थर्पुले हासिल ग¥यो । प्रथम , द्वितीय , तृतीय हुन सफल खेलाडीहरु क्रमश रमेश श्रेष्ठ , स्पन्दध श्रेष्ठ , सुवोध आले , विष्णु नेपाली , दिपक श्रेष्ठ , विक्रम श्रेष्ठ , रेख श्रेष्ठ र विष्णु राना थिए । चैत्र १२ देखि १५ सम्म सञ्चालित प्रतिस्पर्धाको मुख्य व्यवस्थापन म्याग्दे ४ का वडा सदस्य दिपक श्रेष्ठले गरेका थिए भने रेफ्रिको रुपमा सहजकर्ताको भूमिका सुमन श्रेष्ठ , देव गुरुङ र कमल थापाले गरेका थिए । प्रतियोगितामा प्रथम , द्धितिय र तृतीय हुने टिमलाई क्रमश २२ हजार , १५ हजार र ५ हजार सहित ट्रफि,मेडल र प्रमाण–पत्र समापन कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना , विशिष्ट अतिथि उपाध्यक्ष बालकृष्ण घिमिरेद्वारा प्रदान गरिएको थियो । पुरस्कार बितरण समारोहमा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाले खेल प्रतिभालाई प्रस्फुटन गराउन आफ्नो तर्फबाट निरन्तर सहयोग र समर्थन गरीरहने बताइन् । कुशल थापाको अध्यक्षतामा भएको समापन समारोहकाे सञ्चालन पशुपति अर्यालले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी