शुक्लागण्डकीमा कानुनी साक्ष्ररता तालिम

  • ख-
  • ख+

दुलेगौँडा: शितल बस्ती आमा समुहको आयोजना तथा रोटरी क्लब अफ पोखरा मिड टाउनको आर्थिक सहयोगमा शुक्लागण्डकी नगरपालिका वडा नम्बर ९, शितलबस्तीमा कानुनी साक्षरता तालिम सम्पन्न भएको छ ।

उक्त तालिमको अबसरमा बोल्दै शुनपा वडा नम्बर आठका अध्यक्ष कृष्ण रेग्मिले महिला सशक्तीकरण आजको आवश्यकता रहेको भन्दै सफल ब्यक्तिहरु मेहनत र परिश्रमले गर्दा उक्त ठाउमा पुगेको भन्दै आफू लगनशील हुनुपर्ने बताए।

वडा नम्बर ४ का वडा अध्यक्ष शिव श्रेष्ठले महिलाहरु अब कुनै पनि अवस्थामा पछि नपर्ने बताउनु भयो । तेस्तै नेपाली काङ्रेसका महाधिवेशन प्रतिबेदन प्रकाश बि क ले राज्यले पछाडि पारिएका बर्गको आवाजलाई बिशेश सुनिदिनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक जगदीश रेग्मिले कानुनको पालनकर्ता हामी सबै रहेको हुदा प्रहरिलाई सहयोग गर्न अनुरोध गर्दै प्रहरी सदैब कानुनको पालक रहेको बताए ।

अपांगता अधिकार कर्मी दामोदर रेग्मीले पछाडि पारिएको बर्गको सशक्तीकरणको लागि राज्यले जिम्मा लिनु पर्ने भन्दै समाजमा कानुनको सुसूचित गराउने यस्तो कार्यक्रम बेलाबखत हुनु पर्नेमा जोड दिए ।कानुनी साक्षरता तालिममा प्रशिक्षकहरु अधिबक्ता बिश्नु खनाल , शिब रेग्मि , रच्चु आले र मिलन आलेले सहभागीलाई सहजीकरण गरेका थिए ।

प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुकी सदस्य सरस्वती गौतमले महिलाहरु अब कुनै बाहनामा पछाडि पर्न पर्ने अवस्था नरहेको बताइन्। ४५ जना सहभागी उक्त कार्यक्रमको अवसरमा शितलबस्ती टोल निबासी एक जना अति अशत अपांग, २ जना जेस्ठ नागरिक सम्मान र नौ जना एकल महिला सम्मान बाट सम्मानित भए । टोल बिकास सस्थाका अध्यक्ष रोहित पौडेल,नेपाली काङ्ग्रेस टोल इकाई सभापति नारणबहादुर रोका नेपाल महिला संघ वडा सभापती सीता सिगदेल , कोषाध्यक्ष बिनु परियार , शितलबस्ती गाउँ सुधार समितिका सन्स्थापक अध्यक्ष रबिलाल पौडेल ‘निस्चल’ लगायतको सहभागी रहेको कार्यक्रम आमा समुहकी अध्यक्ष पार्बती रानामगर रोकाको अध्यक्षतामा भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी