कांग्रेस केन्द्रीय सदस्य भण्डारीको घोषणा:अवसर पाए म्याग्दे र आसपासलाई प्राथमिकता दिएर विकास गर्छुः

  • ख-
  • ख+

विकास खनाल
म्याग्दे ः
म्याग्दे गाउँपालिकाद्वारा थर्पुमा निर्मित कभर्डहलको उद्घाटन गरिएको छ । बिहिवार थर्पुमा आयोजित कार्यक्रमका बीच नेपाली कांङ्ग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री शंकर भण्डारीले हलको उद्घाटन गरे ।


उनले खेलकुद पुर्वाधारको विकासमा पालीकास्तरीय मुल्यांकन गर्दा म्याग्दे गाउँपालीका अब्बल पाएको बताए । ‘तनहुँको पुरानो र ऐतिहासिक थर्पु बजार र यहाँको सामाजिक चाहना पूरा गर्न म आतुर छु,’ उनले भने,‘अवसर पाएमा थर्पु र आसपासका ठाउँको विकासलाई उच्च प्राथमिकता दिएर काम गर्नेछु ।’


बनेको कभर्डहलको सदुपयोग गर्न उनले सुझाव दिए । अर्को
पुर्व मन्त्री भण्डारीले कम्युनिस्टले स्थिर सरकारको म्याण्डेट पाए पनि सरकार चलाउन नसकेको र अस्थिरता निम्त्याएको भन्दै देशमा अप्ठ्यारो परेका बेला काङ्ग्रेस मात्रै समाधानको सुत्रधार भएको बताए ।


कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकास आलेले बाटो घाटो , बत्ती , पानी मात्रै विकास नभै खेलकुदको क्षेत्रका लागि यस किसिमका भवन बन्नु पनि विकास भएको बताए ।


गाउँपालीकाका अध्यक्ष मायादेवी रानाले खेलकुद सँगसँगै सबै क्षेत्रको बिकासको लागि गाउँपालिका निरन्तर लागिरहेको बताइन् ।

कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँ संगठन विभाग प्रमुख एवं म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारी, गौरवराज राना , हिरा गुरूङ , प्रेमबहादुर थापा , दिपक कुमार श्रेष्ठ , बद्रीका घिमिरे , डिलबहादुर नेपाली, नरसिंह राना तथा पशुपती अर्याल लगायतका वक्ताहरूले बोलेका थिए ।


‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ नाराका साथ प्रथम म्याग्दे ब्याडमिन्टन कप २०७७ चैत १२ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष कुशल थापाले सो अवसरमा जानकारी दिए ।
२७ लाख रुपैयाँमा कभर्डहल भवन सम्पन्न भएको क्लबले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी