दमौलीः व्यास नगरपालिकाले नेतृत्व विकास अन्तरगत तीन महिने ढाका कपडा बुनाइ तालिम प्रशिक्षण शुरु भएको छ ।


निखिल ढाका उद्योग व्यास १कराङकाठमा उक्त ३महिने प्रशिक्षण हुने बताइएको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै व्यास नगरपालिकाको उपप्रमुख मिरा जोशीले हरेक वडाका महिलाहरूलाई उद्यमशिलतामार्फत ढाका उद्योग सञ्चालन गर्न सक्ने बनाउन तालिमको आयोजना गरिएको धारणा राखिन् ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नगेन्द्रप्रसाद रेग्मीले महिलाहरूको नेतृत्व क्षमतामा वृद्धि गर्न पहिले सीप सिकेर उद्योमी वन्दै अर्थसँग पहुँच पुग्नुपर्ने धारणा राखे।

प्रशिक्षण कार्यक्रमको अध्यक्षता गर्दै नगरपालिकाका वोर्ड सदस्य तथा सामाजिक विकास समितिका संयोजक तमबहादुर दरैले तालिमलाई उपलब्धिमूलक बनाई आआफ्नो क्षेत्रमा उद्योमी बन्दै आर्थिक उपार्जन साथसाथै नेतृत्व वढाउन प्रशिक्षणमा तन ,मन धन सबै ओेत्रमा समर्पित हुनु पर्ने धारणा राखेका थिए ।

व्यास नगरपालिकाकी बोर्ड सदस्य नरिमाया थापाले सम्पूर्ण सहभागी महिलाहरूले यसलाई अवसरको रूपमा लिंदै उद्योग सञ्चालन गर्ने क्षमता विकास गर्नुपर्ने धारणा राखिन् ।
व्यास नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष काशीराम श्रेष्ठले हरेक सीप सिकेर कार्यान्वयन गर्न सके आफ्नै स्थानमा उद्योगपति भएर मान प्रतिष्ठा र सम्पत्ति सबै आर्जन गर्न सकिने धारणा राखे ।


प्रशिक्षक बिष्णु कुमार चौधरीले सबै सहभागी प्रशिक्षार्थीले ध्यान दिएर तालिम सफल वनाउन आग्रह गरेका थिए । कार्यक्रममा नगरपालिकाका वडा नम्बर ३ का वडाअध्यक्ष प्रेमकुमार श्रेष्ठ, बोर्ड सदस्यहरू कल्पना पोख्रेल, चन्द्रमाया परियार पत्रकार महासंघ अध्यक्ष ओमकार आचार्य, महिला सशक्तीकरण सञ्चार समाजकी अध्यक्ष प्रकृति खनाल लगायतको उपस्थिति रहेको थियो ।


प्रशिक्षणमा उपस्थित सबैलाई स्वागत गर्दै व्यास नगरपालिका महिला बालबालिका तथा समाजकल्याण उपशाखाकी महिला विकास निरिक्षह राधा वाग्लेले सबैलाई प्रशिक्षणको मर्मलाई बुझेर ३महिने तालिम सम्पन्न गर्न साथ ,समन्वय र सहयोगको अपेक्षा गरेकी थिइन्।
उद्घाटन कार्यक्रमको सञ्चालन उपशाखा प्रमुख राधा आचार्यले गरेकी थिइन्।


प्रशिक्षणमा हरेक वडाका १जना महिला अनिवार्य सहभागी गराइएको छ। उनिहरूलाई समय र मागमा आधारित कार्यक्रम गरि हरेक स्थानमा उद्योग सञ्चालन गरि पहिचान युक्त व्यास नगर वनाउनुपर्ने सहभागीको धारणा रहेको थियो।


तालिममा उपस्थित सहभागीले यस्ता तालिम लिने अवसर जुटेकोमा नगरपालिका प्रति धन्यवाद दिदै ढाका बुनाई तालिममा नगरपालिकाले गरेको खर्चलाई उपलब्धिपूर्ण वनाई व्यवाहारमानै काम गर्ने धारणा राखेका थिए।


व्यास नगरपालिकाका १४ जना महिलाहरूको सहभागीता रहने सो तालिम ३महिनासम्म निखिल ढाका उद्योग व्यास १कराङकाठमा चल्ने बताइएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 500 Viewed

प्रतिक्रिया दिनुहोस्