छात्राको सबै पढाई खर्च ब्यहोर्ने जीवन विज्ञानको घोषणा

  • ख-
  • ख+

दमौलीःआदिकवि भानुभक्त क्याम्पस विज्ञानचौरमा अध्ययनरत छात्राको शिक्षाका लागि लाग्ने खर्च ब्यहोर्ने जीवन विज्ञान संस्थाले प्रतिवद्धता जनाएको छ ।


आर्थिक अवस्था कमजोर भएर पठनपाठनमा समस्या भोगेका व्यक्तिलाई सघाउँदै आएको संस्थाले क्याम्पसको बीबीएस प्रथम वर्षमा अध्ययनरत बिबिजन मियाँको एक वर्षको अध्ययनका लागि लाग्ने सबै खर्च बेहोर्ने प्रतिवद्धता जनाएको हो ।


व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले क्याम्पसमा आयोजित एक कार्यक्रममा मियाँलाई छात्रवृत्ति हस्तान्तरण गरे । जीवन विज्ञानका शिक्षक दिपा पौडेलले संस्थामार्फत सहयोगका लागि सघाएको संस्थाका संस्थापक राजेशकुमार श्रेष्ठले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्