सम्पादक पौडेल सम्मानित

  • ख-
  • ख+

दमौलीः बन्दीपुर गाउँपालिकाले गाउँपालिकाको समग्र विकासका लागि सघाउने व्यक्तिहरुलाई सम्मान गरेको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धन र समग्र विकासमा योगदान दिएको भन्दै गाउँपालिकाले सम्मान गरेको हो ।

गाउँपालिकामा आयोजित कार्यक्रममा शिक्षाविद् चिजकुमार श्रेष्ठ, डा. मदन पिया, व्यवसायी सन्तकुमार श्रेष्ठ, शिक्षाविद् विक्रम पिया, नोट्रेडेम माविका संस्थापक जापानी प्रिन्सिपललगायतलाई गाउँपालिकामा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।

कार्यक्रममा गाउँपालिकाको प्रचारप्रसारमा सघाएको भन्दै दमौली न्युज डट कमका सम्पादक पवन पौडेलसहित विभिन्न सञ्चारमाध्यममा कार्यरत एक दर्जन सञ्चारकर्मीलाई पनि सम्मान गरिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले कार्यक्रममा सामाजिक व्यक्तित्व तथा पत्रकारलाई सम्मान गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी