बन्दीपुरले सार्वजनिक ग¥यो २० वर्षे विकास गुरुयोजना

  • ख-
  • ख+

दमौलीः तनहुँको बन्दीपुर गाउँपालिकाले २० वर्षको विकासका प्राथमिकता तोकेर गुरुयोजना सार्वजनिक गरेको छ ।

गाउँपालिकामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङ, प्रदेशका आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमान र गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले गुरुयोजना सार्वजनिक गरे । उनले समय तोकेर विकासका योजना तय हुनुपर्ने भन्दै त्यसो हुन सके बन्दीपुर विकासमा धेरै अघि बढ्ने विश्वास व्यक्त गरे ।


आन्तरिक मामिला मन्त्री चुमानले पछाडि परेका र उत्पादनमूलक क्षेत्रमा जोड दिनका लागि गाउँपालिकालाई आग्रह गर्दै प्रदेश त्यसका लागि सघाउन तयार रहेको बताए । यस अघि पनि प्रदेशले गाउँपालिकाको विकासका लागि सघाएको भन्दै उनले गुरुयोजना कार्यान्वयनका लागि थप सहयोग गर्ने प्रतिवद्धता जनाए ।


गाउँपालिका अध्यक्ष थापाले २० वर्षका प्राथमिकता र योजना समेटिएको गुरुयोजनाले बन्दीपुरलाई थप अघि बढ्न सहयोग गर्ने बताए । ‘धेरै क्षेत्रमा विकासका काम अघि बढिरहेका छन्,’ उनले भने,‘गुरुयोजनाले अझ व्यवस्थित रुपमा विकास अघि बढाउन मद्दत खेल्ने आशा छ ।’


गुरुयोजना निर्माण समितिका संयोजक क्षितिज लामिछानेले बन्दीपुरको भविष्य र भावी योजना समेटेर मेहनतपूर्वक गुरुयोजना तयार पारेको भन्दै यो यस क्षेत्रकै पहिलो भएको बताए ।


कार्यक्रममा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्मा, गाउँपालिका उपाध्यक्ष करुणा गुरुङलगायतले योजनाका विविध विषयमा बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी