बाँधस्थल निर्माणका लागि दुई वर्ष पछि कालिका–सोङ्दासँग साढे १६ अर्बको सम्झौता (भिडियोसहित)

  • ख-
  • ख+

दमौलीः यस अघि छनौट ईटालेली कम्पनी सीएमसीलाई हटाएको झण्डै दुई वर्ष पछि तनहुँ जलविद्युतको बाँधस्थल निर्माणको प्रक्रिया अघि बढ्ने भएको छ ।


तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधिन आयोजनाको बाँधस्थलको निर्माणका लागि भियतनामी निर्माण कम्पनी सोङ्दा र नेपाली कालिका कन्स्ट्रक्सनको जेभीसँग सम्झौता गरिएको आयोजनाका प्रेस सल्लाहकार सचेन गौतमले जानकारी दिए ।


कम्पनीले आयोजनाको नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माण कार्य थाल्नेछ ।
राजधानीमा आयोजित एक कार्यक्रमकाबीच गरिएको सम्झौतामा आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिके र सोङ्ग दा–कालिका जेभीका तर्फबाट आधिकारिक प्रतिनिधि बिक्रम पाण्डेले हस्ताक्षर गरेका छन् ।


पाँच वर्षभित्र निर्माण सम्पन्न
अब आयोजनाको निर्माण कार्य पाँच वर्षभित्र सकिने अपेक्षा गरेका छौं,’ आयोजनाको निर्माण कम्पनी तनहुँ जलविद्युतका प्रवन्ध सञ्चालक थिकेले दमौली न्यूजसँग भने ।

आयोजनाको प्याकेज १ (हेडवक्र्स) निर्माण कार्यको लागि निर्माण कम्पनी सिएमसी डि राभेना, इटालीसँग मिति १५ असोज २०७५मा मा सम्पन्न खरिद सम्झौता रद्द भए पश्चात कम्पनीले मिति १२ वैशाख २०७६ मा पुनः बोलपत्र आह्वान गरेको थियो । कम्पनीले उक्त बोलपत्र प्रकृयामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्रहरु सारभूत रुपमा प्रभावग्राही हुन नसकेकोले सबै बोलपत्रहरु अस्वीकृत गरी एसियाली विकास बैंकको खरिद निर्देशिका अनुरुप मिति १६ फागुन २०७६मा दोश्रो पटक पुनः बोलपत्र आह्वान गरेको आयोजनाले जनाएको छ ।

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजको निर्माण कार्य जारी छ । ठेकेदार कम्पनीले केबुल सुरुङ्ग खन्ने कार्य सम्पन्न गरी भूमिगत विद्युत गृह खन्ने कार्यहरुको अतिरिक्त सर्च ट्यांकतर्फको पहुँच सुरुङ्ग र बाँधतर्फ जाने सेती नदीको दायाँतर्फको पहुँच सुरुङ्गको निर्माण कार्य गरिरहेको छ ।


विद्युतगृह र प्रसारण लाइनको काम जारी
आयोजनाको विद्युतगृहको जिम्मा पाएको चिनियाँ सीनो हाइड्रो र दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण जिम्मा पाएको कम्पनीले भने काम जारी राखेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी