तनहुँसुरमा पर्यटन सम्पदा तथा वातावरण मेला हुने

  • ख-
  • ख+

दमौली: तनहुँकाे व्यास नगरपालीका वडा नं ११ को तनहुँसुरमा पर्यटन सम्पदा तथा वातावरण मेला २०७८ हुने भएको छ । पुरातात्त्विक सम्पदाहरूलाई पर्यटकिय गन्तव्यकाे रूपमा विकास गर्न हातेमालो गराैँ भन्ने मुल नाराका साथ हुने मेलाको बारेमा आईतवार आयोजित पत्रकार सम्मेलन गरि जानकारी दिइएको हाे । पत्रकार सम्मेलनमा बाेल्दै व्यास नगरपालीकाका मेयर बैकुण्ठ न्याैपानेले तनहुँसुर नेपालकै एक महत्त्वपूर्ण एतिहासिक पृष्ठभूमि भएको बाईसे चाैविसे राज्यको पालाको एक समृद्ध र शक्तिशाली राज्यको रूपमा स्थापित ईतिहास बाेकेकाे ठाउँ भएको बताए । एतिहासिक , धार्मिक , साँस्कृतिक , पुरातात्त्विक एवं प्राकृतिक सम्पदा तथा जैविक विविधताकाे संरक्षण गर्दै तनहुँसुर भ्रमण गराउन मेलाले मद्दत गर्ने न्याैपानेकाे भनाइ थियो । पत्रकार सम्मेलनमा व्यास नगरपालिकाका उपमेयर मिरा जाेशि , विर्षराज श्रेष्ठ , हरिसिंह गुरूङ , ध्रुव पण्डित , निरबहादुर खड्का लगायतका बक्ताहरूले बाेलेका थिए । बैशाख ५ गतेदेखि ७ गतेसम्म हुने पर्यटन बाताबरण मेलामा ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी