शिक्षक कल्याणकारी कोष तनहुँद्वारा ३ लाख ९२ हजार राहत वितरण

  • ख-
  • ख+

विकास खनाल

दमौली: नेपाल शिक्षक सँघ तनहुँद्वारा स्थापित शिक्षक कल्याणकारी काेष मार्फत मृत्यु भैसकेका र उपचारार्थ शिक्षकहरुलाइ आइतबार १ कार्यक्रमका विच नगद रू ३ लाख ९२ हजार रूपयाँ राहत वितरण गरिएको छ । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेकाे प्रमुख याआत्तिथ्यतामा वितरण गरिएको उक्त रकम पाउनेमा तनहुँका विभिन्न विद्यालयका ९ जना रहेका छन् । जसअनुसार जनगणपती मा वि का प्र अ अमृत थापालाई उपचारार्थ रु ५२००० उपलब्ध गराइएको छ । यस्तै उपचारार्थ पन्चमुनिदेव मा वि का शिक्षक रामकुमारी श्रेष्ठलाइ रु ५२००० , निर्मल मा वि का शिक्षक बिष्णुमाया नेपालीलाइ रु १५००० , मृतक शुक्र आ वि का शिक्षक वासुदेव मिश्रको परिवारलाई रु ५२००० , मृतक चम्द्र बहादुर गुरुङको परिवारलाई रु ५२००० , मृतक चन्डिका आ वि का शिक्षक मान सिंह थापाको परिवारलाई रु ५२००० , अरुण मा वि का शिक्षक मृतक सन्त बहदुर गुरुङको परिवारलाइ रु ५२००० , कृया खर्चलाई सहयाेग होस भन्ने उद्देश्यले मीन मा वि का कार्यालय सहायक सोम नारायण श्रेष्ठलाई रु १३००० उपलब्ध गराइएको शिक्षक संघका अध्यक्ष कमलभक्त पाेख्रेलले बताए । शिक्षक कल्याणकारी काेशका परिकल्पनाकार समेत रहेका पाेख्रेलले दुख र अफ्ट्यारोमा परेका शिक्षक एवं उनिहरूकाे परिवारलाई राहत दिन नैँ कोष स्थापना गरिएको बताए । साे अवसरमा शिक्षक महासंघका अध्यक्ष रामचन्द्र पाेख्रेल आरसि लगायतको उपस्थिति रहेको थियो । राहत पाउने सबैलाइ प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति शान्तिरमण वाग्लेले चेक हस्तान्तरण गरेका शिक्षक संघ म्याग्देका सभापति अशाेक वाग्लेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी