तरूण दल व्यास २ मा राजेश मल्ल

  • ख-
  • ख+

विकास खनाल

दमाैली : नेपाल तरूण दल व्यास नगरपालीका वडा नं २ मा राजेश मल्लकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । आइतबार गठित कार्यसमितिको वडा कमिटी उपाध्यक्षमा अनुप दाहाल , सचिवमा निजमदिन मियाँ र काेशाध्यक्षमा सन्तोष श्रेष्ठ चयन गरिएको र बाँकी सदस्यहरू पछि चयन गरिने नवनिर्वाचित अध्यक्ष राजेश मल्लले बताए । त्यसअघि भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुँका प्रमुख सान्तिरमण वाग्लेले टाेलटाेल बाट , वडा वडा बाट तरूण हरू जाग्नुपर्ने बताए । तरूणहरू जाग्नुस र पार्टीलाई बलियो बनाउनुस् वाग्लेकाे भनाइ थियो । कार्यक्रममा बिशिस्ट अतिथि ब्यास २ का अध्यक्ष काशीराम श्रेष्ठ , ब्यासका प्रवक्ता एवं ब्यास ५ का अध्यक्ष माेहन कुमार श्रेष्ठ , तरूण दलका अध्यक्ष हिरा थापा लगायतका बक्ताहरूले बाेलेका थिए । तिलबहादुर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रlमकाे स्वागत लालबहादुर थापाले र सञ्चालन पविन्द्र भट्टराईले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी