गण्डकी लोक सेवा आयोग सदस्यमा लम्साल सिफारिस

  • ख-
  • ख+

दमौलीः लोक सेवा आयोग गण्डकी प्रदेशको सदस्यमा तनहुँकी कल्पना लम्साल सिफारिस भएकी छन् ।


मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङको अध्यक्षतामा बसेको प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली तथा सभामुख नेत्रनाथ अधिकारी सदस्य रहेको सिफारिस समितिले आयोग अध्यक्ष र एक सदस्यको नाम टुंगो लगाएको हो ।

लम्साल आदिकवि भानुभक्त क्याम्पस तनहुँकी सहायक प्रमुख हुन् । उनी कांग्रेसको कोटामा सदस्य सिफारिस भएकी हुन् ।



लोक सेवा आयोग गण्डकी प्रदेश अध्यक्षमा नियुक्त स्याङजाका विष्णुप्रसाद नेपाल


बिहिबार बसेको बैठकले अध्यक्षमा विष्णुप्रसाद नेपाल तथा सदस्यमा लम्साललाई सिफारिस गरेको गण्डकी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता नेपालीले दमौली न्युजलाई जानकारी दिए । ‘अध्यक्ष र एक सदस्यको टुंगो लागेको छ,’ उनले भने,‘बाँकी एक सदस्य रिक्त छ ।’


अध्यक्षमा सिफारिस स्याङजाका नेपालले हालै मात्र गण्डकी प्रदेशका प्रमुख सचिवबाट अवकाश लिएका थिए ।

प्रदेश लोक सेवा आयोग ऐनमा सिफारिस नामलाई प्रदेशका प्रमुखले नियुक्ति दिने प्रावधान छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्