दमौली खुल्ला मैदानमा संरचना बनाउने नपाको निर्णय प्रति स्कुल अफ डेमोक्रेसी नेपाल तनहुँको ध्यानाकर्षण

  • ख-
  • ख+

दमौली: व्यास नगरपालिका वडा नं ३ अनसन चोक स्थित जिल्ला समन्वय समिति तनहुँको स्वामित्वमा रहेको खुल्ला मैदानमा व्यास नगरपालिकाले संरचना निर्माण प्रक्रिया अगाडि बढाएको विषय प्रति स्कुल अफ डेमोक्रेसी नेपाल तनहुँ शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त खुल्ला मैदानमा संरचना निर्माण कार्य अगाडि बढाउँदै गर्दा खुल्ला मैदानको अस्तित्व नै संकटमा पर्ने र त्यसको प्रत्यक्ष असर दमौलीबासीलाई पर्ने हुँदा संरचना निर्माण कार्य तत्काल रोक्नका लागि जिल्ला समन्वय समिति र व्यास नगरपालिकासंग हामी जोडदार माग गर्दछौं । स्कुल अफ डेमोक्रेसीका अध्यक्ष डम्बरबहादुर अधिकारी द्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । विशेषतः भूकम्प, आगलागी जस्ता प्राकृतिक प्रकोप र विपतका समयमा आश्रय स्थल साथै राहत र उद्धार कार्यका उक्त खुल्ला मैदान अति आवश्यक पर्ने आवाज नागरिक समाज, विभिन्न संघ संस्था र आम सर्वसाधारणले प्रत्यक्ष र सामाजिक संजाल मार्फत उठाएका छन । २१ औं शताब्दीमा विश्वब्यापी रूपमा प्रचलित इ–गभर्नेन्सको अवधारणा अनुसार वर्तमान राज्य प्रणाली संचालन हुनुपर्ने र विभिन्न माध्यमबाट नागरिकले उठाएका सवालमा राज्य निकाय जवाफदेही हुनुपर्नेमा हाम्रो जोड छ , बिज्ञप्तिमा भनिएको छ । चौतर्फी रुपमा खुल्ला मैदान संरक्षण गर्नुपर्ने आवाज उठिरहेको अवस्थामा जननिर्वाचित प्रतिनिधीहरुले जनभावना अनुरुप खुल्ला मैदान संरक्षण गर्ने विषयमा विवेकपूर्ण निर्णय गर्दै खुल्ला चौरमा शुरु गरिएको संरचना निर्माण प्रक्रिया तत्काल रोकेर नागरिकको आवाजलाई सम्बोधन गर्नुहुन स्कुल अफ डेमोक्रेसी नेपाल तनहुँ शाखा ले माग गरेको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी