व्यास नगरपालीकाले कर्मचारीलाई अतिथि सत्कार र ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण दियो

  • ख-
  • ख+

प्रकृति खनाल न्यौपाने

दमौली: व्यास नगरपालिकाले सवारी चालक र कार्यालय सहयाेगीका लागि ट्राफिक सचेतना आथित्थ्यता व्यवस्थापन सम्बन्धि अभिमुखीकरण प्रशिक्षण गरेकाे छ।
प्रशिक्षणमा नगरपालिकाका सवारी चालक र कार्यालय सहयाेगीहरूकाे सहभागीता रहेकाे थियाे। प्रशिक्षण कार्यक्रमकाे उद्घघाटन गर्दै व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्याैपानेले पदीय उत्तरदायित्व वहन गरेर पेसागत दक्षता वढाउन सके सबैले उसकाे क्षमताकाे कदर गर्दै उसकाे पेसा र व्यवहारप्रति सम्मान गर्ने भएकाले सबै सवारी चालक तथा कार्यालय सहयाेगीहरूलाई पेसागत दक्षता र अथिति सत्कारमा सकारात्मक साेच राखी अगाडि वढ्नुपर्ने धारणा राखे ।प्रशिक्षण कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले समयकाे माग र आबश्यकता वमाेजिम यस प्रशिक्षण कार्यक्रमकाे आयाेजना गरिएकाे स्पष्ट पार्नुभयाे।प्रमुख सिग्देलले तनाव व्यवस्थापन सम्बन्धि प्रशिक्षण गर्दै कर्मचारीहरूलाई पेसागत दक्षता कायम गर्न तनाव व्यवस्थापन खुवी अपनाउनु पर्ने सूचकहरू तथा तरिकाहरू स्पष्ट पारेका थिए।कार्यक्रममा प्रशिक्षण गर्दै प्रदेश सामाजिक प्रशिक्षण केन्द्रका प्रशिक्षक टापेन्द्र रिजालले अथिति सत्कार तथा आतिथ्यता सम्वन्धि प्रशिक्षण गर्दै यसले पेसागत शालीनता कायम गरेर अतिथिहरूकाे स्वागत सत्कार गरेर पदीय भूमिका राख्न सके सबैकाे प्रिय पात्र र पदीय प्रतिष्ठा कायम गर्न सकिने धारणा राखे।
कार्यक्रममा सवारी नियम सम्वन्धि धारणा राख्दै ट्राफिक कार्यालयका ट्राफिक राजु श्रेष्ठले सवारी चालककाे हातमा हुने हुँदा सवारी चलाउदा सवारी तिर मात्र ध्यान दिनु पर्ने,ट्राफिक नियमकाे पालना गर्नुपर्ने लगाएतका विषयमा प्रशिक्षण गरेका थिए।प्रशिक्षण कार्यक्रममा नगरपालिकाका आन्तरिक लेदा परीक्षक कुमारकञ्चन जिसी ले समेत प्रशिक्षण गर्नुभएकाे थियाे।सहभागी सवारी चालक तथा कार्यालय सहयाेगीले यस्ताे तालिम कहिल्यै लिने अवसर नजुटेकाे र नगरपालिकाले याे तालिमकाे आयाेजना गर्दा खुसी फ्रसनेस आएकाे धारणा राखेका थिए। प्रशिक्षण मा नगरपालिकाका भरिका सवारी चालक तथा कार्यालय सहयाेगीकाे सहभागीता रहेकाे थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी